पोखरा – पोखरामा थप एक जना कोरोना संक्रमित महिलाको उपचारको क्रममा निधन भएको छ ।
कास्की पोखरा महानगरपालिका वडा नं १२ की ६२ वर्षीया महिलाको कोरोना संक्रमणका कारण पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारका क्रममा निधन भएको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार उपचारको क्रममा विहिबार राति पौने १२ बजे निधन भएको थियो ।
उनलाई गत पुष २१ गते कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । उनमा न्युमोनिया र मधुमेह लगायतको समस्या रहेको पनि निर्देशनालय निर्देशक डा। विनोद विन्दु शर्माले जानकारी दिए ।
थप १ जनाको निधनसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १९५ पुगेको छ ।
