बुधबार पोखराका ७१ सहित गण्डकीमा थप १२६ जनामा कोरोना पुष्टि

बुधबार पोखराका ७१ सहित गण्डकीमा थप १२६ जनामा कोरोना पुष्टि


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ८ पुष २०७७
  • 3.1K
    Shares

पोखरा – बुधबार पोखराका ७१ सहित गण्डकीमा थप १२६ जनामा कोरोना पुष्टि भएको छ ।

आज पुष्टि भएका संक्रमित गण्डकीका ६ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ७२, तनहुँका ११, लमजुङका १६, बाग्लुङका १४, म्याग्दीका ८ र मनाङ जिल्लाका ५ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयले जारी विज्ञप्तिमा जनाइएको छ ।

आज थप भएका संक्रमित संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १४ हजार १ सय ८५ पुगेको छ । जसमा सक्रिय संक्रमित १ हजार ७ सय ९३ छन् ।

पछिल्लो २४ घन्टामा गण्डकीबाट ३८ जना कोरोनामुक्त भएका छन् । यो संगै प्रदेशमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १२ हजार दुई सय चार पुगेको छ ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८८ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार