पोखरा- पोखरामा थप एक जना कोरोना संक्रमित पुरुषको उपचारको क्रममा सोमबार राति मृत्यु भएको छ ।
तनहुँ जिल्ला व्यास नगरपालिका-५ का ६४ वर्षीय कोरोना संक्रमित पुरुषको सोमबार राति ८।२० बजे मृत्यु भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल कोभिड-१९ उपचार केन्द्रमा उपचाररत उहाँका मंसिर २९ गते कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक बिनोदबिन्दु शर्माले जानकारी दिए ।
मृतकमा उच्च रक्तचापको समस्या समेत रहेको थियो । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट एक सय ८८ जनाको मृत्यु भएको छ ।