पोखरा नदीपुरमा बस्दै गिरी लागुऔषध सहित पक्राउ

पोखरा नदीपुरमा बस्दै गिरी लागुऔषध सहित पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ३ पुष २०७७
  • 4.2K
    Shares

पोखरा नदीपुरको रामेश्वर मन्दिरबाट लागूऔषध सहित १ जना पक्राउ परेका छन् । कास्की प्रहरी टोलीले लागूऔषध सहित पोखरा ३ नदीपुरमा बस्दै आएका ३४ वर्षीय बालकृष्ण गिरीलाई पक्राउ गरेका हुन । उनलाई हिजो साँझ ७ बजेको समयमा प्रहरीको टोलीले नदीपुरको रामेश्वर मन्दिरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका गिरीको साथबाट प्रहरीले डाइजापाम ३४ एम्पुल, फेनेरागन ३७ एम्पुल तथा ब्रुफिनर्फिन ३५ एम्पुल सहित १ सय ६ एम्पुल लागूऔषध बरामद गरेको छ । प्रहरीका अनुसार उनलाईलागूऔषध सम्बन्धी कसुर अन्तरगत जिल्ला अदालत कास्कीबाट ७ लिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार