पोखरामा लागूऔषध गिरोह सक्रिय लामाचौरबाट एक युवा पक्राउ

पोखरामा लागूऔषध गिरोह सक्रिय लामाचौरबाट एक युवा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ३० मंसिर २०७७
  • 6.3K
    Shares

कास्की प्रहरीले पोखराको लामाचौरबाट लागूऔषध सहित एक युवालाई पक्राउ गरेको छ ।

कास्की माछापुच्छ्रे-१ भुर्जुङखोला घरभई पोखरा–१९ लामाचौर बस्दै आएका ३५ वर्षीय मिनबहादुर तामाङलाई लागूऔषधसहित कास्की प्रहरीले पक्राउ गरेको हो ।

तामाङ्कोको साथबाट लागूऔषध डाइजापाम ३५ एम्पुल, नुर्फिन ३५ एम्पुल, फेनेरागन ३५ एम्पुल गरी जम्मा १०५ एम्पुल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक कृष्ण बस्यालका बताइन ।

तामाङलाई लागूऔषध सम्बन्धी कसूर अन्तर्गत अनुसन्धान भइरहेको जानकारी प्रहरी निरीक्षक बस्यालले दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार