पोखराको चिप्लेढुङ्गामा भोलिको प्रदर्शनमा उत्रिन आग्रह गर्दै नेविसंघको सिठी जुलुस

पोखराको चिप्लेढुङ्गामा भोलिको प्रदर्शनमा उत्रिन आग्रह गर्दै नेविसंघको सिठी जुलुस


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २८ मंसिर २०७७
  • 5.3K
    Shares

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले आइतबार सरकारको विरोधमा पोखरामा सिठ्ठी फुकेको छ । पोखराको चिप्लेढुङ्गामा नेविसंघका निवर्तमान सभापति विकास थापा सहितका विद्यार्थी नेताले सिठी जुलुस निकालेका थिए ।

नेविसंघले जिल्लामा सिठी जुलुस निकालेर सरकारका गलत गतिविधि रोक्न जनतालाई जागरण गराएको थापको भनाइ छ ।

देशभर अपराह्न चार बजे एकसाथ सिठी जुलुस निकालेर सोमबारको कार्यक्रमको प्रचारप्रसार गर्दै जनतालाई सडक प्रदर्शनका लागि आह्वान गरिएको उनले बताए । माउ पार्टी काँग्रेसले आयोजना गरेको मंसिर २९ गतेको देशब्यापी प्रदर्शनमा सहभागी हुन नेविसंघले आह्वान पनि गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार