पोखरा – पोखरामा उपचाररथ कोरोना संक्रमित तनहुँ म्याग्दे गाउँपालिका-२ का ६० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको छ ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार ६० वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार बिहान ९:३० बजे मृत्यु भएको हो ।
उनीमा मंसिर २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । डा. शर्माका अनुसार उनी क्रोनिक लिभर डिजिजबाट पनि पीडित थिए ।