कोरोना संक्रमित एक पुरुषको पोखरामा उपचारको क्रममा मृत्यु भएको छ ।
कास्कीको अन्नपूर्ण गाउँपालिका-१ का ७६ वर्षीय कोरोना संक्रमित पुरुषको शुक्रबार दिउसो ४।३० बजे मृत्यु भएको हो ।
यही मंसिर २५ गते कोरोना संक्रमण पुष्टि भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारकै क्रममा उहाँको निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक बिनोदबिन्दु शर्माले जानकारी दिए ।
यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय ८२ पुगेको छ ।