स्याङ्जा । अवैध काठ ओसारपसार गर्ने क्रममा गल्याङ नगरपालिका वडा नं ६ का वडाध्यक्ष टिकाराम भुसाल पक्राउ परेका छन ।
उनले काठ लोड गरेर ल्याएको ग १ त ५३४८ नम्वरको ट्याक्टर समेत प्रहरीले नियन्त्रणमा लिएको वडा नं -६,पिडीखोला प्रहरी चौकीले जनाएको छ ।
अहिले बारामद गरिएको काठको नेपाल प्रहरीद्वारा मुचुल्का समेत गरिसकिएको छ ।
बरामद काठ र वडाध्यक्षलाई प्रहरी निगरानीमा राखिए पनि शक्ति केन्द्रको आडमा चलखेल गरि छुटाउन खोजिएको स्थानीयबासिन्दाले आरोप लगाएका छन् ।
उनी साविक नेकपा एमालेवाट निर्वाचित वडाध्यक्ष हुन् भने उनको गल्याङ नगरपालिका वडा नं -६,पिडीखोलामा काठ उधोग सञ्चालनमा रहेको छ ।