मादीमा १८ महिने बालिका सहित कास्कीमा थप १२ जनामा कोरोना पुष्टि

मादीमा १८ महिने बालिका सहित कास्कीमा थप १२ जनामा कोरोना पुष्टि


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १६ मंसिर २०७७
  • 7.5K
    Shares

कास्कीमा १८ महिने बालिका सहित थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशानलय गण्डकी प्रदेशका अनुसार संक्रमितहरु कास्की जिल्लाको मादी गाउँपालिकाका ६ जना र गण्डकी मेडिकल कलेजमा उपचारत ६ जना गरी १२ जनामा पुष्टि भएको हो । 

मादीका संक्रमितहरुमा १८ महिने बालिका सहित ३ महिला र ३ पुरुष रहेका छन भने गण्डकी मेडिकल कलेजमा उपचाररत एक महिला र पाचँ पुरुष संक्रमित रहेका छन ।यसै गरी बागलुङ जिल्लाको जैमनी र काठेखोला गाउँपालिकामा दुई र एक जना गरी तीन जना पुरुषहारुमा संक्रमण पुष्टि भएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या १२०७३ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार