फरक क्षमता भएकी बालिकालाई बलात्कार गरेको आरोपमा पोखरा १६ लामाचौरका एक युवा पक्राउ

फरक क्षमता भएकी बालिकालाई बलात्कार गरेको आरोपमा पोखरा १६ लामाचौरका एक युवा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १५ मंसिर २०७७
  • 3.5K
    Shares

बालिका बलात्कार आरोपमा पोखराबाट एक युवक पक्राउ परेका छन् ।

फरक क्षमता भएकी ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पोखरा – १६ लामाचौर बस्दै आएका धादिङका २९ वर्षीय प्रकाश नेपाली पक्राउ परेको कास्की प्रहरीले जनाएको छ ।

घरमा कोही नभएको अवस्थामा डर त्रास र धम्की दिई बलात्कार गरेको सूचनाको आधारमा दीपक भनेर चिनिने प्रकाश नेपालीलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार