तनहुँको आँबुखैरेनी गाउँपालिका २ ढापटारमा सवारी दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।
आँबुखैरेनीबाट डुर्म्रे तर्फ जाँदै गरेको प्रदेश ३-०२-१३ प २१०६ न। को मोटरसाईकल सोही दिशा तर्फ रोकी राखेको ना ५ ख ८८९२ नं।को ट्रकमा ठक्कर खाई बिहीबार राति ११।०० बजे दुर्घटना हुँदा मोटरसाईकल चालक तनहुँ आँबुखैरेनी गाउँपालिका-४ का १९ वर्षीय अन्जन सुनारको मृत्यु भएको हो ।
सुनारको हाडजोर्नी अस्पताल आँबुखैरेनीमा उपचारका क्रममा शुक्रबार बिहान १।५० बजे सुनरको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।