पोखरा १८ चिसाखोलामा ३३ वर्षीया रुपा फगामी मगर मृत अवस्थामा फेला

पोखरा १८ चिसाखोलामा ३३ वर्षीया रुपा फगामी मगर मृत अवस्थामा फेला


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १२ कार्तिक २०७७
  • 15.9K
    Shares

म्याग्दी जिल्ला घरभई पोखरा–१८ चिसाखोलामा डेरागरी बस्ने ३३ वर्षीया रुपा फगामी मगर मंगलबार बिहान मृत अवस्थामा फेला परेकी छन् ।

सोमबार राति खाना खाएर सुतेकी रुपा मंगबलार बिहान ५।०० बजे आफ्नै विस्तारामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । मगर मृत फेला परेपछि उनको परिवार र स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

उक्त कोठामा उनका पति र सासु–ससुरा समेत बस्दै आएका थिए । कास्की प्रहरीका अनुसार मगरको शरिरमा कुनै घाउचोट देखिएको छैन, मगरको शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार