कास्की प्रहरीले लागूऔषधसहित एक युवालाई प्रकाउ गरेको छ ।
आश तमु पोखरा । शनिवार बिहान लागूऔषधसहित हिडिरहेको अवस्थामा पोखरा २४ स्थायी घर भई पोखरा २६ बिजयपुर बस्ने २९ वर्षीय प्रभात सुबेदीलाई बिजयपुरबाट प्रकाउ गरेको हो ।
उनको साथबाट डाईजेपाम ६० एम्पुल, फेनार्गन ६० एम्पुल र नुर्फिन ६० एम्पुल गरी १८० एम्पुल लागूऔषध बोकेर हिडिरहेको अवस्थामा बिजयपुरबाट नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कर्यालयका प्रवक्ता डिएसपी सुवास हमालले बताए ।
सुबेदीलाई नियन्त्रणमा लिई लागूऔषध नियन्त्रण ऐन,२०३३ विपरितको कसूर अन्तर्गत अनुसन्धान भइहेको प्रहरीले जनाएको छ ।