सुचना माग्न गएका सिके राउतका नेता गाउँपालिका अध्यक्षद्वारा कुटिए

सुचना माग्न गएका सिके राउतका नेता गाउँपालिका अध्यक्षद्वारा कुटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २६ असोज २०७७
  • 3.4K
    Shares

बिनोद कुमार यादब

गाउपालिकाको कार्य प्रगति बारे सुचना माग्न गएका सिके राउत नेतृत्वको जनमत पार्टीका एक नेतालाई बारामा बाराको सुवर्ण गाउँपालिकाका अध्यक्षले कुटेका छन्।

सुचना माग्न गएका जनमत पार्टी बाराका संयोजक बिनोद कुमार यादबलाई गत बिहीबार गाउपलिक अध्यक्ष महेन्द्र प्रसाद यादब र प्रमुख प्रशासकीय अधिकृत नविन कुमार श्रीवास्तव लगायतले कुटपिट गरेका हुन्।

यादवले गाउपालिकाको कार्य प्रगति बारे पटक पटक सूचना माग्दै आएपनि सूचना पाएका थिएनन्। तर तेस्रो पटक सूचना माग्न जादा मेयर सहित अधिकृत तथा संसदका छोरा रंजित यादबले कुटेका कुटेको प्राप्त समाचारमा जनाइएको छ।

प्राप्त विवरण अनुसार, लामो समयदेखि सुवर्ण गाउँपालिकामा भ्रष्टाचार मौलाएको खबरहरु आईरहदा सामाजिक विकासको कार्यक्रममा चालिस प्रतिशत कमिसन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन कुमार श्रीवास्तवले लिने अडियो सार्वजनिक भएको छ।

संयोजक यादवमाथि भएको निर्घात पिटाइको जनमत पार्टीले भर्त्सना गर्दै घटनाको छानविन र दोषीमाथी कारवाहीको माग गरेको छ भने दोषीलाई कारवाही नभए जस्तोसुकै संघर्षमा जाने चेतावनी जनमत पार्टीले गरेको छ।

घटनाको सम्बन्धमा “सूचना को हकका लागि राष्ट्रिय सन्जाल नेपाल” ले विज्ञप्ति जारि गर्दै खेद प्रकट गर्नुका साथै निकृष्ट अमानविय ब्यबहारको भर्त्सना गरेको छ। संजालले हालसम्म पनि गाउपालिकामा सुचना अधिकारी नतोकिएको, सुचना माग गर्नका लागि दर्ता गर्न खोजिएको निबेदन च्यातेर फाली सुचना मागकर्तामाथि आक्रमण भएकोमा गम्भीर आपत्ति जनाउदै दोषीमाथि कडा कारबाहीको माग गरेको छ।

प्रतिक्रिया