‘डियर कमरेड’ रश्मिका कसरी सफल अभिनेत्री बनिन् ?

‘डियर कमरेड’ रश्मिका कसरी सफल अभिनेत्री बनिन् ?


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २२ असोज २०७७
  • 3.5K
    Shares

नेपालमा दक्षिण भारतीय सिनेमाको आफ्नै किसिमको लोकप्रियता छ। दक्षिण भारतका विभिन्न क्षेत्रिय भाषाका सिनेमाको हिन्दी डब संस्करणले अनेक काण्ड शीर्षकधारी भिडियोको नेपाल ट्रेन्डिङलाई पन्छाउँदै एक नम्बरमा पर्ने गरेको अवस्थाबाट ती सिनेमाहरुको लोकप्रियता बुझ्न सकिन्छ।

साउथ इन्डियन फिल्मको क्रेज नेपालमा पनि निकै छ। सामान्यतयाः हलमा नलागे पनि युट्युबमा आएपछि निकै हेरिन्छ साउथ इन्डियन फिल्महरु।

डियर कमरेड’को रिलिज लगत्तै चर्चित बलिउड निर्माता तथा निर्देशक करण जोहरले लगत्तै हिन्दीमा यस सिनेमालाई बनाउने घोषणा गरेपछि यो सिनेमालाई लिएर दर्शकमा रुचि जाग्न सुरू भए

सिनेमाका बारेमा नेपालका सिनेमा पारखीहरू त्यसमा पनि युवा दर्शकहरुले सकारात्मक धारणा राखिरहेका छन्। युवापुस्तामाझ लोकप्रिय रहेका विभिन्न ग्रुपमा सिनेमाको राम्रै चर्चापरिचर्चा छ। सिनेमाको मुख्य भूमिकामा छन् विजय देवराकोंडा र रश्मिका मन्डाना। यो समाचार तयार पार्दासम्म उक्त फिल्मले युट्युवमा १७ करोड ४६ लाख ३५ हजार भन्दा बढी भ्यूज पाइसकेको छ ।

प्रेमकथामा आधारित सिनेमा विशेषगरी विजयका कारण धेरै नेपाली दर्शकको नजरमा परेको हो। उनी अभिनित ‘अर्जुन रेड्डी’ नामक सिनेमाको हिन्दी संस्करण ‘कबिर सिंह’ले गर्दा उनको चर्चा नेपालका सिनेमा प्रेमी दर्शकमाझ बढेको छ।

यसका साथै ‘डियर कमरेड’को रिलिज लगत्तै चर्चित बलिउड निर्माता तथा निर्देशक करण जोहरले लगत्तै हिन्दीमा यस सिनेमालाई बनाउने घोषणा गरेपछि यो सिनेमालाई लिएर दर्शकमा रुचि जाग्न सुरू भएको थियो।

कन्नड सिनेमाबाट रजतपटमा प्रवेश गरेकी रश्मिका कति लोकप्रिय छिन भन्ने कुरा उनलाई दिइएको ‘कर्नाटका क्रस’को उपनामबाटै सजिलै बुझ्न सकिन्छ। मोडलिङबाट सिनेमामा प्रवेश गरेकी रश्मिकाको सफलता र लोकप्रियताको असाध्यै छिटोछिटो अघि बढेको छ।

तस्विर : रश्मिका मन्डानाको इन्टाग्रामबाट ।

२४ वर्षिय रश्मिका सन् २०१६ मा कन्नड सिनेमा ‘किरिक पार्टी’बाट डेब्यू भएकी हुन्। हाल तेलेगु र कन्नड सिनेमामा व्यस्त रश्मिका ती थोरै अभिनेत्रीमा पर्छिन जसको सिनेमाले थोरै समयमा एक खर्ब भारूको कमाइ गरेका छन्। लगातारका सफल सिनेमाले उनी तेलेगु र कन्नड सिनेमाकी अत्याधिक लोकप्रिय र सर्वाधिक पारिश्रमिक बुझ्ने अभिनेत्री बनिसकेकी छन्।
‘किरिक पार्टी’बाट डेब्यू भएकी रश्मिकाका त्यसपछि दुई रिलिज ‘अन्जनी पुत्र’ र ‘चमक’ व्यापारिकरुपमा अत्यन्त सफल भए। यसले उनको डेब्यू सिनेमाबाट पाउन थालेको लोकप्रियतालाई अझ उचाइ प्रदान गर्‍यो। त्यसपछि उनी तेलेगु सिनेमाको नजरमा परिन्।

तस्विर : रश्मिका मन्डानाको इन्टाग्रामबाट ।

५ करोड भारूमा बनेको ‘गीता गोविन्दम’ले करिब १३० करोड भारू कमायो भने २० करोडमा बनेको ‘देवदास’ले ५० करोड भारू कमाउन सफल रह्‍यो

‘चलो’ नामको यस डेब्यू सिनेमाले वक्सअफिसमा कमाल नै गरिदियो। ३ करोडको सानो बजेटमा बनेको तेलेगु सिनेमा २३ करोड भारू कमाउँदै सुपरहिट सावित भयो।

सोही वर्ष उनका थप दुई तेलेगु सिनेमा रिलिज भए- गीता गोविन्दम र देवदास। ‘गीता गोविन्दम’मा उनले विजयसँग जोडी बाँधेकी थिइन भने ‘देवदास’मा ‘जर्सी’ अभिनेता नानीसँग जोडी बाँधेकी थिइन।

तस्विर : रश्मिका मन्डानाको इन्टाग्रामबाट ।

यी दुबै सिनेमा वक्सअफिसमा सफल भए। ५ करोड भारूमा बनेको ‘गीता गोविन्दम’ले करिब १३० करोड भारू कमायो भने २० करोडमा बनेको ‘देवदास’ले ५० करोड भारू कमाउन सफल रह्‍यो। ‘गीता गोविन्दम’ त सर्वाधिक मुनाफा दिने तेलेगु सिनेमामध्येको एक बन्यो।

यी सिनेमाको सफलताले उनलाई ठूला व्यानर र निर्देशकको नजरमा पारेको छ। त्यसैको नतिजा स्वरुप उनी महेश बाबुको पछिल्लो रिलिज ‘सरीलारु नीकेवरु’मा देखिइन्।

तस्विर : रश्मिका मन्डानाको इन्टाग्रामबाट ।

सय करोड भारूमा बनेको यो सिनेमाको वक्सअफिस कमाइ पनि जबरदस्त नै रह्‍यो। सिनेमाले झण्डै २३५ करोड भारू कमाएको बताइन्छ। यो सिनेमाबाट उनले तेलेगु सिनेमामा सफलताको ह्याट्रिक गरिन्। त्यसअघि उनले कन्नडमा पनि ह्याट्रिक गरिसकेकी थिइन्।

यसरी विभिन्न भाषाका सिनेमामा ह्याट्रिक कमै कलाकारले गर्ने गरेका छन्। दुबै सिने उद्योगमा पाएको यस सफलताले उनको चर्चालाई झन बढाउँदै लगेको छ। हालसम्म उनका ९ सिनेमा रिलिज भएका छन् जसमा ९ नै सिनेमा वक्सअफिसमा सफल बने। यसको अर्थ उनको सिनेमा करियर शतप्रतिशत सफलताका साथ अघि बढिरहेको छ।

तस्विर : रश्मिका मन्डानाको इन्टाग्रामबाट ।

२०१२ मा मोडलिङ सुरू गरेकी रश्मिकाले सोही वर्ष क्लिन एन्ड क्लियरको फ्रेस फेस अफ इण्डियाको उपाधि जितेकी थिइन

यसैको कारण हुनुपर्छ उनलाई तमिल सिनेमा उद्योगले पनि नजर लगाइसकेको छ। उनी अब अभिनेता कार्थीको जोडी बनेर ‘सुल्तान’ नामक सिनेमाबाट तमिल दर्शकहरुमाझ डेब्यू गर्दैछिन्।

कर्नाटकमा जन्मिएकी रश्मिका मनोविज्ञान, पत्रकारिता तथा अंग्रेजी साहित्यमा स्नातक हुन्। सिनेमा अगाडि उनको मोडलिङ करियर पनि सफल ने बन्यो। त्यसैको सफलताले उनलाई सिनेमामा ल्याएको हो।

तस्विर : रश्मिका मन्डानाको इन्टाग्रामबाट ।

मोडलिङबाट रंगिन दुनियाँको करियर सुरु भएयता रश्मिकाको करियर ओरालो नभई उकालो नै लाग्दै आएको छ। सन् २०१२ मा मोडलिङ सुरू गरेकी रश्मिकाले सोही वर्ष क्लिन एन्ड क्लियरको फ्रेस फेस अफ इण्डियाको उपाधि जितेकी थिइन। उपाधिसँगै ‘क्लिन एण्ड क्लियर’को ब्रान्ड एम्बेसेडर बनिन्।

त्यसपछि उनी एक प्रतियोगितामा टप मोडल बनिन्। सोही प्रतियोगिताका फोटो र नाचबाट प्रभावित भएर ‘किरिक पार्टी’को निर्माण पक्षले उनलाई सिनेमाको अफर गर्‍यो।

तस्विर : रश्मिका मन्डानाको इन्टाग्रामबाट ।

उनले सो प्रस्ताव स्वीकारिन् र १९ वर्षको उमेरमा सिनेमामा उनको डेब्यू भयो। डेब्यू पछाडी उनले हालसम्म पछि फर्केर हिँड्नुपरेको छैन। त्यसयता उनी लोकप्रियताको उकाली चढेकोचढ्यै छिन्।

प्रतिक्रिया