डर्टमुन्डलाई ३-२ गोलले पराजित गर्दै जर्मन सुपर कपको उपाधि वायर्न म्युनिखलाई

डर्टमुन्डलाई ३-२ गोलले पराजित गर्दै जर्मन सुपर कपको उपाधि वायर्न म्युनिखलाई


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १५ असोज २०७७
  • 3.9K
    Shares

जर्मन सुपर कपको उपाधि वायर्न म्युनिखले जितेको छ। बुधबार राति भएको खेलमा बोरुसिया डर्टमुन्डलाई ३-२ गोलले पराजित गर्दै वायर्नले उपाधि जितेको हो।

रोमाञ्चक खेलमा वायर्नले खेलको १८ मिनेटमा टोलिसोले पहिलो गोल गरे। खेलको ३२ मिनेटमा थोमस मुलरले वायर्नको अग्रता दोब्बर पारेका थिए।

डर्टमुन्डका लागि जुलियन ब्रान्डले ३९ मिनेटमा गोल गरेका थिए। ५५ मिनेटमा हालान्डले बराबरी गोल फर्काउन सफल भए।

८२ मिनेटमा किमिचले गोल गर्दै वायर्नलाई ३–२ को अग्रता दिलाएका थिए।

गत सिनज बुन्डेस लिग, लिग कप र युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको वायर्नले लिगमा भने राम्रो सुरुवात गर्न सकेको छैन।

वायर्नलाई यहि साता होफेनहाइमले ४-१ गोलले पराजित गरेको थियो। जससँगै वायर्नको ३२ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको थियो।

सुपर कपको उपाधिपछि भने वायर्नलाई राहत मिलेको छ।

प्रतिक्रिया