मेस्सीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट लिए सन्यास

मेस्सीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट लिए सन्यास


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १६ भाद्र २०८३
  • 779
    Shares

काठमाडौं , १५ भदौ २०८३ ।

अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले राष्ट्रिय टोलीबाट संन्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले लामो सोचविचारपछि राष्ट्रिय टोलीबाट अलग हुने निर्णय गरेको बताएका हुन्।

मेस्सीले सामाजिक सञ्जालमा भावुक सन्देश जारी गर्दै अर्जेन्टिनाको जर्सीका लागि आफूले सधैं सबैथोक दिएको र अब नयाँ पुस्तालाई अवसर दिने समय आएको बताएका छन्। उनले राष्ट्रिय टोलीसँग बिताएका २० वर्षप्रति समर्थक, परिवार, प्रशिक्षक तथा सहकर्मीलाई धन्यवाद दिएका छन्।

उनले विश्वकप २०२६ को फाइनलपछि जुलाई २१ मै संन्याससम्बन्धी पत्र लेखेको, तर आफ्ना पिता जर्ज मेस्सीको निधनपछि आफू यस निर्णयमा अझ दृढ भएको खुलाएका छन्।

मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। उनको नेतृत्वमा अर्जेन्टिनाले २०२२ को विश्वकप तथा २०२१ र २०२४ को कोपा अमेरिका जितेको थियो।

यसअघि मेस्सीले सन् २०१६ मा कोपा अमेरिका फाइनलमा चिलीसँग पराजित भएपछि पनि संन्यास घोषणा गरेका थिए, तर पछि निर्णय फिर्ता लिएका थिए। यसपटक भने उनले राष्ट्रिय टोलीबाट आफ्नो यात्रा अन्त्य गरेको बताएका छन्।

प्रतिक्रिया