पोखरा , १३ मंसीर २०८३ ।
करेन्ट लागेर तीन वटा भैंसी मरेपछि नेपाल बिद्युत प्राधिकरणले भैंसी धनीलाई तीन लाख ६० हजार क्षतिपूर्ति दिने सहमति जनाएको छ।
पीडित पक्ष र विद्युत प्राधिकरणबीच आइतबार साँझ भएको वार्तामा नेपाल बिद्युत प्राधिकरणले भैंसी धनीलाई तीन लाख ६० हजार क्षतिपूर्ति दिने सहमति जनाएको हो ।
विद्युत पोलबाट करेन्ट प्रवाह भएर शनिबार दिउँसो मादी गाउँपालिका–१० थुम्सीकोटमा खेतमा चरिरहेका करेन्ट लागेर स्थानीय भेषमाया भण्डारीका दुई वटा र टीकादेवी भुजेलको एउटा समेत तीन वटा भैंसी मरेका थिए।
बिद्युत प्राधिकरणको पोलबाट प्रबाह भएको करेन्ट लागेर स्थानीयका तीन वटा भैंसी मरेपछि स्थानीय बासिन्दा आक्रोशित बनेका थिए। उनीहरुले पिडित पक्षलाई बिद्युत प्राधिकरणले क्षतिपुर्ति दिनुपर्ने माग राखेका थिए। त्यसपछि पीडित पक्ष र विद्युत प्राधिकरणबीच भएको वार्ता बिना निष्कर्ष सकिएको थियो। तर आइतबार साँझ भएको वार्तामा बिद्यती प्राधिकरणले प्दिती पक्षलाई उक्त क्षतिपुर्ति दिन सहमति जनाएको जिल्ला प्रशासन कार्यालय कास्कीले जानकारी दिएको छ।