पोखरा, १४ मंसीर २०८३।
नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहित केही मुद्राको मूल्य बढेको छ। तर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहित कतिपय मुद्राको भाउ भने घटेको राष्ट्र बैंकले जनाएको छ।
आज अमेरिकन डलर १ को खरिददर १४८ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४९ रुपैयाँ ०९ पैसा छ। हिजो अमेरिकन डलर १ को खरिददर १४८ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४९ रुपैयाँ ०८ पैसा थियो।
गएको जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।
त्यसैगरी युरो १ को खरिददर १६२ रुपैयाँ ३७ पैसा र बिक्रीदर १६३ रुपैयाँ ०३ पैसा छ। हिजो युरो १ को खरिददर १६२ रुपैयाँ ७० पैसा र बिक्रीदर १६२ रुपैयाँ ३६ पैसा थियो।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९५ रुपैयाँ २९ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १९४ रुपैयाँ ८७ पैसा र बिक्रीदर १९५ रुपैयाँ ६६ पैसा थियो।
आज अस्ट्रेलियन डलर १ को खरिददर ९८ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९९ रुपैयाँ १२ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ९९ रुपैयाँ ०९ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४९ पैसा थियो।
आज कुवेती दिनार १ को खरिददर ४८० रुपैयाँ ७१ पैसा र बिक्रीदर ४८२ रुपैयाँ ६५ पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ४८० रुपैयाँ ६७ पैसा र बिक्रीदर ४८२ रुपैयाँ ६२ पैसा थियो।
त्यसैगरी आज बहराइन दिनार १ को खरिददर ३९३ रुपैयाँ ८५ पैसा बिक्रीदर ३९५ रुपैयाँ ४४ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ३९३ रुपैयाँ ८२ पैसा बिक्रीदर ३९५ रुपैयाँ ४१ पैसा थियो।
त्यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध छ।
हेर्नुहोस् सबै मुद्राको विनिमय दर
