बझाङमा मन्दिरभित्र लगेर बलात्कारपछि हत्या गरिएको अवस्थामा १२ वर्षीया बालिकाको शव फेला परेको छ। जिल्लाको मष्टा गाउँपालिका–२ खिकालाकी १२ वर्षीया सम्झना कामीको वलात्कार पछि हत्या गरिएको अवस्थामा स्थानीय सिम देवताको मन्दिर भित्र शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी रूपक खड्काले जानकारी दिए ।
गोठमा गएकी सम्झना घर नफर्केपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए। स्थानीय र प्रहरीले खोजी गर्दा उनको शव मन्दिर भित्र फेला परेको डिएसपी खड्काले बताए।
गोठमा एक्लै भएको मौका छोपी बालिकालाई मन्दिरभित्र लगेर बलात्कारपछि हत्या गरेर हुन सक्ने प्रहरीको अनुमान छ। डिएसपी खड्काका अनुसार, सिममाडी भन्ने ठाउँमा रहेको गोठमा गाई भैसीलाई घाँस खुवाउन गएकी सम्झनाले कानमा लगाएको सुनको मुद्रासमेत हराएको डिएसपी खड्काले जानकारी दिए।
बालिकाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पु-याइएको छ। शव परीक्षणपछि आउने रिपोर्टका आधारमा थप अनुसन्धान गरिने प्रहरीको भनाइ छ।
प्रहरीले घटनामा संलग्न रहेको आशंकामा स्थानीय १६ वर्षीय राजेन्द्र बोहरालाई नियन्त्रणमा लिएको छ। तर, बोहरा दोषी हुन वा होइनन् अहिले केही भन्न नसकिने प्रहरीको भनाइ छ।
बालिकाका आमा बुबा रोजगारीको लागि भारतमा काम गर्दै आएकाले उनीहरू त्यहीँ छन्। स्थानीय मष्टा आधारभुत विद्यालयमा ६ कक्षामा पढ्ने सम्झना आफ्नी हजुरआमासँगै बस्दै आएकी थिइन् ।
१२ वर्षीया बालिकाको बलात्कारपछि हत्या
बझाङको मष्टा गाउँपालिकामा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ । बुधबार साँझ गोठमा गाईवस्तुलाई घाँस हाल्न हिँडेकी एक बालिकाको बलात्कारपछि हत्या भएको हो । मृत भेटिएकी बालिकाकाे योनिबाट रगत बगेको र सुरुवाल खाेलिएकाे थियाे ।
घटनाको जानकारीपश्चात् बिहीबार जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी रूपक खड्काको टोली घटनास्थल पुगेको थियो ।
बालिकाको शव स्थानीय शिव मन्दिरभित्र शरीरको तल्लो भाग नग्न अवस्थामा फेला परेको डिएसपी खड्काले जानकारी दिए । घटनाको प्रकृति हेर्दा बालिकाको बलात्कारपछि हत्या भएको हुन सक्ने उनको भनाइ छ ।
हत्या आशंकामा प्रहरीले एकजनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ ।