कुवेतको अवैध मदिरा उद्योगबाट आठ नेपाली पक्राउ, कुवेतले घर पठाइदिने

कुवेतको अवैध मदिरा उद्योगबाट आठ नेपाली पक्राउ, कुवेतले घर पठाइदिने


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २५ भाद्र २०७७
  • 4.3K
    Shares

कुवेतको एक अवैध मदिरा उद्योगबाट आठ नेपाली पक्राउ परेका छन् । कुवेत सरकारले अवैध मदिरा फ्याक्ट्री बन्द गराउने अभियानअन्तर्गत तीन अपार्टमेन्टमा छापा मार्ने क्रममा अवैध मदिरा उद्योगबाट आठ नेपाली पक्राउ गरेको हो।

सुरक्षा अधिकारीहरुले छापा मार्ने क्रममा ठूलो संख्यामा रक्सीका बोतलहरु, रक्सी उत्पादनका उपकरणहरु पनि बरामद गरेका थिए। कुवेतको स्थानीय नगरपालिकाको सहयोगमा बरामद गरिएका सामानहरु नष्ट गरिएको थियो ।

प्रहरीले तीन अपार्टमेन्टहरुमा अवैध गतिविधिहरु हुने गरेको सूचनाको आधारमा छापा मारेको थियो ।यी अपार्टमेन्टहरुलाई रक्सी बनाउने कारखानामा परिणत गरिएको थियो ।

अहिले पक्राउ परेका आठ नेपालीलाई सोधपुछका लागि पठाइएको छ । त्यसपछि उनीहरुलाई डिपोर्ट गरेर आफ्नो घर पठाउने प्रक्रिया शुरु गरिनेछ । स्रोतः अरब टाइम्स

प्रतिक्रिया