कपिलवस्तु, १७ पुस ।
विद्यालयको वार्षिक पात्रोअनुसार वर्षे बिदामा कट्टी हुने गरी १५ दिनका लागि विद्यालय बन्द गरिएको जिल्ला शिक्षा अधिकारी हरि गौतमले बताए।
केही दिनयता जिल्लामा दिनभर हुस्सु लाग्ने, शीत पर्ने र जाडो बढ्दै गएपछि सर्वसाधाणको जनजीवन पनि प्रभावित बनेको छ । जाडोका कारण सेवाग्राहीको सरकारी कार्यालयमा उपस्थिति न्यून देखिएको छ । त्यस्तै तौलिहवा अस्पतालमा निमोनिया श्वासप्रश्वासका समस्या देखिएका बालबालिका र वृद्धवृद्धाको चाप बढेको छ ।