चार वर्षीया बालिकालाई यौन दुर्ब्यबहार: माफी दिए, तथानाम गालीले झ्यालखाना पुगे

चार वर्षीया बालिकालाई यौन दुर्ब्यबहार: माफी दिए, तथानाम गालीले झ्यालखाना पुगे


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २४ भाद्र २०७७
  • 4.8K
    Shares

rape ,वलात्कार

नेपालीमा एउटा उखान छ,”कि थुतुनोले बिगार्छ कि मुतुनोले। ” ठिक त्यस्तै भएको छ, पोखरा महानगरपालिका वडा नम्बर ५ मालेपाटनस्थित मनकामना मन्दिर नजिकका एकनारायण बराललाई।

७८ वर्षीय बराललाई चार वर्षीया बालिकालाई गएको चैत १९ गते जबरजस्ती करणी उद्योग गरेको भन्दै प्रहरीले पक्राउ गरेर अदालतबाट सात दिनको म्याद थप गरेको छ।

प्राप्त जानकारी अनुसार, पिण्ड खाने बृद्ध उमेरका बरालले ती बालिकालाई गत चैत १९ गते जबरजस्ती करणी गर्ने प्रयास गरेका थिए।  आफ्नी छोरीलाई घरमा नै बस्न भनेर बारीतिर निस्किएकी आमा आकाशबाट पानी परेपछि घर फर्केकी थिइन।  उनले आफ्नी छोरीलाई घरमा नदेखेपछि निज बरालको घरसम्म खोजी गर्दै पुगिन। जब उनी बरालको घरमा पुगिन, उनको सातोपुत्लो उड्यो।  उनले आफ्नी चार वर्षीया छोरीलाई जबरजस्ती करणी गर्न लागेको देखेपछि उनले हार गुहार गरिन्।

गाउँसमाज जम्मा हुँदा ७८ वर्षीय बृद्ध बरालले पिडित पक्षसनग माफी मागे।  एकातिर आफु बाहिरी जिल्लाबाट आएको र अर्कोतर्फ न्याय पो नपाइने हो कि भन्ने डरले पीडित पक्षले पीडक एकनारायण बराललाई माफी दिए। धेरैले सम्झिए, यो मुद्दा यत्तिमै मिलापत्र भै सामसुम भयो। तर ती अबोध बालिका जब खेल्न निस्किन्थिन्, एकनारायण बरालकी श्रीमतीले ती अबोध बालिकालाई तथानाम गाली गर्थिन्।

पिडित बालिकालाई माया-स्नेह दिनुपर्नेमा झन् दैनिकजसो पिडित पक्षलाई बरालका परिवारले हेप्न थाले।  गाली गलौज गर्न थाले।  उनीहरुले बाध्य भएर स्थानीय जनप्रतिनिशिसम्म आफ्नो गुनासो राखे।  पिडित बालिकाले आफुलाई बाजे उमेरका बरालले गरेका कुकृत्य बेलिबिस्तार सुनाइन्। जनप्रतिनिधि ती बालिका र पिडित पक्षको कुरा सुनेपछि मर्माहत बन्यो।  अन्तत: पिडित पक्षलाई कानूनी बाटोमा जान सल्लाह दिए।

अन्तत: पिडित परिवारले जिल्ला प्रहरी कार्यालय कास्कीमा पुगेर पीडक एकनारायण बरालबिरुद्ध उजुरी दर्ता गरे।  त्यही उजुरीका आधारमा जीला प्रहरी कार्यालय कास्कीले बरालले मंगलबार दिउँसो पक्राउ गरेर मुद्दा चलाएको छ।

पक्राउ परेका बरालविरुद्ध कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी घटनामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुबाश हमालले जानकारी दिए ।

प्रतिक्रिया