अर्जुन कपुरलाई कोरोना पुष्टी भएको केही घन्टापछि प्रेमिका मलाइकालाइ पनि पुष्टी

अर्जुन कपुरलाई कोरोना पुष्टी भएको केही घन्टापछि प्रेमिका मलाइकालाइ पनि पुष्टी


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २२ भाद्र २०७७
  • 2.8K
    Shares

बलिउड नायक अर्जुन कपुरलाई कोरोना पुष्टी भएको केही समयमानै उनकी प्रेमिका मलाइकालाइ पनि कोरोना पुष्टी भएको छ।

मलाइका र अर्जुन केही बर्षदेखि प्रेम सम्बन्धमा छन् । रियालिटी शो ‘इन्डियाज बेष्ट डान्सर’का निर्माता रंजित शर्माले भारतीय मिडियासँग कुरा गर्दै मलाइकालाई कोरोना पुष्टी भएको बताएका छन् ।

उनले, मलाइकालाई कोरोना देखिएपछि वुधबारसम्मलाई शोको छायांकन रोकेका पनि बताएका छन् । यो शोको मेकरले अब अन्य २ निर्णायकलाई राखेर शोको छायांकन गर्ने तयारी गरेको छ ।

मलाइकाको स्वास्थ्य अवस्थाको बारेमा केही पनि बताइएको छैन । उनी, पनि होम क्वारेन्टाइनमा नै रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

 

प्रतिक्रिया