‘पोखरा महानगरको १३ करोड खै?’ भन्दै “जागौँ पोखरा”का युवाले दिए धर्ना

‘पोखरा महानगरको १३ करोड खै?’ भन्दै “जागौँ पोखरा”का युवाले दिए धर्ना


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २१ भाद्र २०७७
  • 3.2K
    Shares

जागौं पोखराको धर्ना

आश तमु पोखरा – “जागौँ पोखरा”ले पोखरा महानगरपालिका भित्र अनियमिता भएको १३ करोड रुपैयाको हिसाव माग्दै धर्ना दिएको छ । आज आइतवार बिहान १० : ३० देखी ११ :३० बजे एक घण्टा जागौँ पोखराका अभियान्ताले महानगर परिसर बाहिर सामाजिक दुरी कायम राख्दै धर्ना दिएको हो ।

“१३ करोड रुपैयाको हिसाव सार्वजनिक गर ! कर्मचारी सेवा एन २०७६ स्थगित गर ! महानगरमा कार्यरत पछिल्ला १० वर्षका सबै कर्मचारीको सम्पत्ति छनबिन गरी सर्बजनिक गर” जस्ता नारा सहितको प्ले कार्ड बोकेर उनीहरुले धर्ना दिएका थिए ।

जागौँ पोखराका संयोजक शिरिष गुरुङले पोखरामहानगरपालिकाका मेयरले महानगर भित्रका भष्ट्र कर्मचारीलाई कारवाहीको साटो उल्टै पोत्साहन दिएको आरोप लगाएकी छन । उनले भनिन,  “हामीले एक महिना अघि यही १३ करोडको हिसाव माग्दा मेयरजीले २५ दिन भित्र छानबिन गरेर दोषीलाई कार्वाहीको दायरामा ल्याउने र हिसाब किताब पनि देखाउने भने पनि अहिले सम्म हिसाव नदिएकोले हामी हिसाव माग्न आएका हौ” ।

पोखरा महानगरपालिका भष्ट्रचारमा अग्रपन्तिमा रहेको भन्दै जनताले तिरेको करको हरेक हिसाव खोजेर नै छाड्ने बताउदै अझै बिभिन्न सघर्षका कार्यक्रमहरु अघि बढाइने जानकारी दिइन ।

मेयर मानहादुर जिसीले १३ करोड नभई १ करोड ७३ लाख रुपैयाँ मात्रै तलमाथि भएको दाबी गरेका छन् । मेयर जिसीले लेखा विज्ञहरुद्वारा छानबिन अघि बढाइसकेको बताए ।

‘१३ करोड नै तलमाथि परेको होइन । धेरै राजश्व जम्मा भैसकेको छ,’ उनले भने, ‘पौने २ करोडको हिसाब मिलेको छैन । त्यो पनि खोजी भैरहेको छ । केही दिनभित्रै सत्यतथ्य पत्ता लाग्नेछ ।’ उनले अनुसन्धानक्रममा कोही दोषी देखिए कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन् ।

महानगरको २०७५/०७६ को लेखा परीक्षण प्रतिवदेनमा १३ करोड रुपैयाँ बेहिसाब देखिएपछि सर्वत्र चासोको विषय बनेको थियो।

 

प्रतिक्रिया