हिमपातका कारण जिरी क्षेत्रमको जनजीवन प्रभावित

हिमपातका कारण जिरी क्षेत्रमको जनजीवन प्रभावित


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १६ पुष २०७३
  • 8.6K
    Shares

काठमाडौं, १६ पुस ।

दोलखाको जिरी आसपासको उच्च पहाडी क्षेत्रमा आज दिउँसोबाट हिमपात सुरु भएको छ।

जिरी बजारबाट माथि च्योर्दुङ डाँडामा शुक्रबार साँझदेखि नै हिमपात भएको भए पनि अहिले पटासे ठूलोढुङ्गा, काप्ती, हुनुमान्तेलगायतका क्षेत्रमा हिमपात सुरु भएको हो। हिमपात सुरु भएसँगै जिरी क्षेत्रको चिसोले जनजीवनसमेत प्रभावित बनेको छ।

पुनःनिर्माणको काम सुरु हुन नसक्दा चिसोका कारण अस्थायी टहरामा रहेका भूकम्पपीडित बालबालिका तथा वृद्धवृद्धा प्रभावित भएका हुन्। त्यस्तै रामेछापको तामेडाँडा, गुम्देल, देउराली शेरदिङ आसपासका क्षेत्रमा पनि हिमपात सुरु भएको छ।

प्रतिक्रिया