सराङकोटको लामागाउँका भुमिहीन सुकुम्बासीहरु विप्लब नेतृत्वको सुकुम्बासी संघमा सङगठित

सराङकोटको लामागाउँका भुमिहीन सुकुम्बासीहरु विप्लब नेतृत्वको सुकुम्बासी संघमा सङगठित


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १६ पुष २०७३
  • 13.8K
    Shares

सराङकोटको लामा गाउँमा रहेका  भुमिहीन सुकुम्बासीहरु विप्लब नेतृत्वको नेकपा(माओवादी) निकट अखिल नेपाल भूमिहीन सुकुम्बासी संघ (क्रान्तिकारी)मा सङगठित भएका छन।  नेकपा(माओबादी) पश्चिम कमाण्ड अन्तरगत इलाका न १० सराङ्कोटमा गरिएको एक भेला मार्फत उनीहरु संगठित भएका हुन् l

सो भेलाले तिल बहादुर थापाको अध्यक्षतामा १५ सदस्यीय कमिटी गठन गरेको छ् ।जसमा धन बहादुर पुर्जा उपाध्यक्ष, बिमल अधिकारी सचिव, तेज कुमारी कोषाध्यक्ष र सदस्यहरुमा हर्कमाया श्रेष्ठ, मिना पुन, कृष्ण कुमारी विक, माया  देबी ढुङगेल,वमाया पुन, मन माया तामाङ, सुक बहादुर गुरुङ र कृतिमान सुनार छ्न। भेलामा नेकपा(माओबादी)का केन्द्रीय सदस्य तथा गण्डक व्युरो प्रमुख सावित्रा दुरा “आस्था” ले माओवादी नामको एउटा टोली भुमिहीन सुकुम्बासी, उत्पीडित समुदाय तथा १० बर्षे जनयुद्धको मर्म र भावनालाई कुन्ठित गर्दै फोहोरी संसदीय खेलमा र सत्ताको मोहमा रुमालिएको आरोप लगाएकी थिइन l उनले आफुहरु सच्चा माओवादी भएको दाबी गर्दै जनताको अधिकार प्राप्त नभएसम्म संघर्षको ैमैदानमा नै लडिरहने बाचा गरिन ।

अखिल नेपाल भुमिहीन सुकुम्बासी संघका केन्द्रीय सचिव राजु भुजेलले सुकुम्बासीलाई लालपुर्जा उपलव्ध गराईदिन्छु भन्दै ठगी गर्ने दलाललाई नाङ्गेझार पार्ने चेतावनी दिदै भुमिहीन सुकुम्बासीलाई राज्यबाट जग्गाधनी पुर्जा उपलव्ध नगराएसम्म सङगठनले आन्दोलन गरिरहने बताए।

कार्यक्रममा कास्की जिल्ला जनसरकार प्रमुख जगन तिवारी, पार्टीका सचिवालय सदस्य तथा पश्चिम कमाण्ड १० नम्बर इलाकाका इन्चार्ज परिवर्तन लगाएतका वक्ताहरुले शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया