बिजय महरा मृत्यु प्रकरण : पिडित पक्षद्वारा इलाका प्रहरी कार्यालय गरुडा घेराउ

बिजय महरा मृत्यु प्रकरण : पिडित पक्षद्वारा इलाका प्रहरी कार्यालय गरुडा घेराउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ११ भाद्र २०७७
  • 4.2K
    Shares

रौतहटको इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा रहेका एक युवकको बिहीबार बिहान उपचारको क्रममा बिरगंजमा मृत्यु भएपछि उनका आफन्त र स्थानीयले प्रहरी कार्यालय घेराउ गरेका छन् ।

गरुडा प्रहरी कार्यालयको अवस्था अहिले तनावपुर्ण भएको छ । कार्यालय अगाडि ठूलो संख्यामा मानिसहरु जम्मा भइ धर्ना दिएका छन् ।

विजयको मृत्यु पछि गरुडास्थित प्रहरी कार्यालयमा ठूलो संख्यामा पीडितका आफन्त, महिला, स्थानीयहरु पुगेका छन् । स्थिति नियन्त्रणबाहिर जान नदिन इलाका प्रहरी र जिल्लाभरीबाट ठूलो संख्यामा प्रहरीलाई गरुडा तैनाथ पारिएको छ ।

विजय महरा
मृतक विजय महरा

गएको साउन ३१ गते राति गरुडा नगरपालिका ८ जिगडियाका १७ वर्षीय निरञ्जन रामको घाँटी रेटी हत्या भएको थियो । हत्याको आरोपमा पक्राउ परेका गाउँकै १९ वर्षीय विजय महराको उपचारको क्रममा वीरगन्जमा मृत्यु भएको थियो।  मृतक बज्य महरालाई हिरासतमा कुटपिट गरी यातना दिएर घाइते बनाएको पीडितका परिवारले आरोप लगाएका छन् ।

विजयका बुवा पनिलाल महराले प्रहरीको कुटाईबाटै छोराको मृत्यु भएको दाबी गरेका छन् ।
‘छोरालाई हिरासतमा कुटपिट गरेको छ । यो प्रहरीको ज्यादती हो,’ उनले भने, ‘कुटपिटको सत्यतथ्य छानबिन हुनु पर्छ । दोषी प्रहरीलाई कारबाही हुनु पर्छ ।’

हत्याको घट्नापछि पीडित र स्थानीयले प्रहरीको अनुसन्धानमाथि शंका गर्दै आएका छन् ।
निर्दोषलाई पक्रिने र दोषीलाई उन्मुक्ती दिने काम प्रहरीबाट भएको भन्दै पीडितका आफन्त र स्थानीयले दुई दिन अघि गरुडामा प्रहरी विरुद्ध जुलुस निकालेका थिए ।

प्रतिक्रिया