नोबेल मेडिकल कलेजका ५५ स्वास्थ्यकर्मीले दिए सामूहिक राजीनामा

नोबेल मेडिकल कलेजका ५५ स्वास्थ्यकर्मीले दिए सामूहिक राजीनामा


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ९ भाद्र २०७७
  • 3.3K
    Shares

नोबेल मेडिकल कलेज बिराटनगर

अस्पताल ब्यबस्थापनले आफ्नो मागहरु पुरा नगरेपछि बिराटनगरस्थित नोबेल मेडिकल कलेजको इमर्जेन्सी विभागमा कार्यरत ५५ स्वास्थ्यकर्मीले मंगलबार सामूहिक राजीनामा दिएका छन् ।

उनीहरुले पारिश्रमिक नियमित पाउनु पर्ने र महामारीमा काम गर्दा अतिरिक्त जोखिम भत्ता पाउनुपर्ने माग गरेका थिए । अस्पताल व्यवस्थापनले माग पूरा नगर्ने बताएपछि सामूहिक उनीहरुले राजीनामा दिएका हुन ।अस्पताल ब्यबस्थापनले कर्मचारीलाई समयमा नै पारिश्रमिक पनि दिएको छैन।

नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले कर्मचारीले राजीनामा बुझाएको पुष्टि गरे । कर्मचारीले पाँच हजार तलब वृद्धि गर्न माग गरेको तर व्यवस्थापनले चार हजार मात्र वृद्धि गर्न सक्ने बताएको उनले बताए ।

प्रतिक्रिया