गाई काट्न हिंडेका पांच युवालाई स्थानीय जनता र प्रहरीले हतियारसहित समाते

गाई काट्न हिंडेका पांच युवालाई स्थानीय जनता र प्रहरीले हतियारसहित समाते


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ८ भाद्र २०७७
  • 3.2K
    Shares

गिरफ्तार

गए राति गाई काट्न भनेर कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ स्थित जटायु संरक्षण तथा गौरक्ष केन्द्रमा पुगेका पांच जना युवालाई स्थानीय जनता र प्रहरीले हतियारसहित पक्राउ गरेका छन्। पक्राउ पर्ने युवाहरु माछापुच्छ्रे गाउपालिकाको सार्दिखोला कसेरीका युवा भएको जनाईएको छ ।

प्राप्त समाचार अनुसार, राति १०ः३० बजेको समयमा युवाहरु गाई खोज्दै सो केन्द्रमा पुगेपछि गाई संरक्षणका लागि राखिएका पालेले संरक्षण समितिका पदाधिकारी तथा प्रहरीलाई खबर गरेका थिए।  ठुलो पानी परेकाले गाई समात्न नसकी ओत लागेर बसेको अवस्थामा ती युवाहरुलाई प्रहरी चौकी घाचोकका इन्चार्ज कमल केसी, संरक्षण समितिका पदाधिकारी तथा गाउँलेले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाएको प्राप्त समाचारमा जनैएको छ।

गाइ काट्न भनी सात युवा गएको भए पनि दुई जना भने भागेको जटायु संरक्षण तथा गौरक्ष केन्द्रका अध्यक्ष केशव पोखरेलले जानकारी दिए । उनीहरुको साथबाट मासु लाने थैला, एउटा बन्चरो, दुई वटा आँसी, दाउ, चक्कू फेला परेको बताइएको छ ।

गाई काट्ने नियत सहित पुगेका युवाहरुलाई प्रहरी र स्थानिय जनताले पक्राउ गरेको र उनीहरुका बिरुद्ध जटायु संरक्षण तथा गौरक्ष केन्द्रले जिल्ला प्रहरीमा जाहेरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए।

प्रतिक्रिया