संखुवासभाको खाँदबारीस्थित हिमालय किरण क्याम्पसमा संचालित आइसोलेसन वार्डमा तोडफोड गरेर चोरी

संखुवासभाको खाँदबारीस्थित हिमालय किरण क्याम्पसमा संचालित आइसोलेसन वार्डमा तोडफोड गरेर चोरी


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ५ भाद्र २०७७
  • 2.7K
    Shares

संखुवासभाको खाँदबारी नगरपालिका– ७ नयाँ बजारस्थित हिमालय किरण क्याम्पससंचालित आइसोलेसन वार्ड गएराति तोडफोड हुनुका साथै र स्वास्थ्य सामग्री चोरी पनि भएको छ ।

 जिल्ला अस्पतालको करिब १५ लाख रुपैयाँको लगानीमा संचालित सो आइसोलेसन वार्डबाट करिब १५ लाखबराबरको सामग्री चोरी भएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेड डा. सुन्दर श्याम झाले जानकारी दिए।  अक्सिजन मेसिन, सक्सन मेसिन, ७० पिपिई सेट, प्यासेन्ट मनिटर, अक्सिजन डिभाइडरलगायतका सामग्री चोरी भएको अस्पतालका मेसु झाले जानकारी दिए ।

गएको सोमबार धर्मदेवी नगरपालिका– ४ पिलुवाखोलामा रहेको क्वारेन्टाइनमा बसेका तीन व्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि आइसोलेसनमा ल्याएर उपचार गर्ने भएपछि स्थानीय र क्याम्पस प्रशासनले आइसोलेसनमा बिरामी ल्याउन दिएका थिएनन् ।

करिब पाँच महिनाअगाडि सहमतिमा नै क्याम्पसमा आइसोलेसन निर्माण गरिएको थियो । तर, गत २५ साउनमा सरकारले नै विद्यालय र क्याम्पसमा भएको क्वारेन्टाइन र आइसोलेसन हटाउने निर्णय गरेपछि क्याम्पस प्रशासनले नदिने भन्दै विरोध जनाएको हो ।

क्याम्पस प्रशासन र स्थानीयले जोखिम बढ्ने भन्दै आइसोलेसन प्रयोग गर्न नदिने भनेपछि बिहीबार जिल्ला प्रशासनमा भएको सर्वदलीय बैठक गरिएको थियो । उक्त बैठकले तत्काललाई सोही क्याम्पसको आइसोलेसन प्रयोग गर्ने र १५ दिनभित्र अन्यत्र सार्ने निर्णय गरे पनि क्याम्पस प्रशासनले असहमति जनाएको थियो ।

उक्त आइसोलेसनमा अहिले धर्मदेवी नगरपालिका– ४ का ३४ वर्षीय पुरुष, चैनपुर नगरपालिका– ११ का २४ वर्षीय पुरुष र जिल्ला प्रहरी कार्यालयमा कार्यरत २२ वर्षीय पुरुषको आइसोलेसनमा राखेर उपचार सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया