पोखरामा थप एक जना महिलाको कोरोनाको कारण निधन भएको छ । पोखराको कास्की सेवा अस्पतालमा उपचारको क्रममा तनहुँ ब्यास–१ अम्रेनी घर भएकी ५० वर्षीया महिलाको निधन भएको हो । यो समाचार अनलाइन खबरमा अमृत सुवेदीले लेखेका छन ।
कास्की सेवा अस्पतालका सञ्चालक डा. पदम खड्काले दिएको जानकारी अनुसार उनलाई साउन २१ गते उपचारका लागि अस्पताल लागिएको थियो । ती महिलामा सुगर, प्रेसर, मुटुको समस्या र निमोनियाबाट ग्रसित थिए ।
क्रिटिकल अवस्थामा ल्याइएको उनको शंका लागे पछी अस्ति स्बाब टेस्टका लागि पठाइएको थियो । तर हिजो राति मृत्यु भयो, बिहान कोरोना पोजेटिभ भएको भनेर जानकारी आएको उनले बताए ।
शव व्यवस्थापन र कडाइ कसरी गर्ने लगायतका निर्णय गर्न अहिले प्रदेश स्तरीय सीसीएमसीको बैठक बसिरहेको प्रदेश स्वास्थ्य निर्देशक डा। विनोद विन्दु शर्माले जानकारी दिए ।