हिलोमा फसेको मन्त्रीको गाडीको फोटो खिच्ने सर्वसाधारणलाई सुरक्षाकर्मीद्वारा दुर्ब्यबहार, फोटो त्स्था भिडियो डिलिट गर्न लगाएको गुनासो

हिलोमा फसेको मन्त्रीको गाडीको फोटो खिच्ने सर्वसाधारणलाई सुरक्षाकर्मीद्वारा दुर्ब्यबहार, फोटो त्स्था भिडियो डिलिट गर्न लगाएको गुनासो


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १ भाद्र २०७७
  • 4.1K
    Shares

गण्डकी प्रदेशका मन्त्री रामशरण बस्नेतको बा.२ झ ३०४१

उकालो हिलोमाटोमा फसेको गण्डकी प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री रामशरण बस्नेतको गाडीको फोटो खिच्ने एक सर्वसाधारणलाई सुरक्षाकर्मीले दुर्ब्यबहार गरेका छन्।

गोर्खा सदरमुकाम तर्फ आउदै गरेको मन्त्री बस्नेतको बा.२ झ ३०४१ नम्बरको स्कोरपियो गोरखा नगरपालिका ३ को नारेश्वर भोगटेनीको उकालोमा हिलोमाटोमा फसेको थियो ।

बाटोमा झण्डावाल गाडी फसेको देखेर भिडियो तथा फोटो खिचिरहेका गोरखा नगरपालिका ३ आँपचौर निवासी सोम श्रेष्ठलाई गाडी रोकेर सुरक्षाकर्मीले धम्क्याउदै तत्कालै भिडियो र तस्बिर डिलिट गर्न लगाएको बताइएको छ।

तत्कालै भिडियो र तस्बिर डिलिट नगरेको खण्डमा राम्रो नहुने आफुलाई धम्की दिए पछि आफुले क्यामराबाट फोटो तथा भिडियो हटाउन बाध्य भएको पिडित सोम श्रेष्ठले गुनासो गरेका छन् ।

यता त्यस सम्बन्धमा प्रदेश मन्त्री बस्नेतका तर्फबाट यास बारेमा आधिकारिक जानकारी आएको छैन र उनीसंग प्रतिक्रिया लिने प्रयास विफल भएको छ।

प्रतिक्रिया