सत्तारुढ नेकपाभित्रको बिबाद समाधान कार्यदल गठनप्रति नेपाल, खनाल र श्रेष्ठको प्रश्न : अवैधानिक भएको टिप्पणी

सत्तारुढ नेकपाभित्रको बिबाद समाधान कार्यदल गठनप्रति नेपाल, खनाल र श्रेष्ठको प्रश्न : अवैधानिक भएको टिप्पणी


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ३१ साउन २०७७
  • 3.4K
    Shares

माधब नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र देखिएको विवाद समाधानका लागि गठन गरिएको कार्यदलको पहिलो बैठक शनिबार बस्ने तयारी भइरहेका बेला सो पार्टीका शिर्षस्थ तीन नेताहरुले त्यस कार्यदल गठनका बारे प्रश्न उठाएका छन्।

कार्यकारी आडःटाXआ भनिएका पुष्पकमल दाहाल सँग तीन शीर्ष नेताहरुले कार्यदल गठनबारे प्रश्न गरेका हुन् । पार्टीभित्र देखिएको आन्तरिक समस्या समाधानका लागि प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्ड बीचको छलफलबाट एक कार्यदल गठन भएसँगै वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ सशंकित बन्दै प्रश्न उठाएका हुन् ।  सो कार्यदल नै अवैधानिक रहेको उनीहरुको भनाइ छ ।

समाचारस्रोतलाई इद्द्रित गर्दै रातोपाटी डट कमले दिएको समाचार अनुसार, कार्यदल गठनको भोलिपल्ट प्रचण्ड निवास खुमलटारमा भएको छलफलमा ती नेताहरुले कार्यदल कुन विधि र पद्धतिको आधारमा गठन भयो, गठन भएपनि त्यसलाई काम गर्नका लागि कार्यविधि किन नदिएको भन्ने जस्ता गुनासो गरेका थिए ।
कार्यदलले के विषयमा कुरा गर्ने र सहमतिकाे खाका तयार गर्न कार्यविधि नभएको कारण यसमा आशंका गर्ने ठाउँ रहेको उनीहरुको भनाइ थियो ।

कार्यदलले प्रतिवेदन बुझाएपछि भोलि त्यसलाई कुनै पक्षले नमाने भने के हुन्छ, त्यसको जवाफदेही को हुने भन्दै ती नेताहरुले कार्यदललाई व्यवस्थित र अधिकारिक बनाउनुपर्ने कुरामा जोड दिएका थिए ।  कार्यदलको बारेमा छलफल गर्नका लागि सचिवालयको बैठक बस्नुपर्ने पनि उनीहरुले माग गरेको स्रोतले जनाएको छ । दुईजना नेताले कार्यदल गठन गरेपछि त्यसले कसरी मान्यता पाउने भनि उनीहरुले प्रश्न गरेका छन् ।

यसैबीच सत्तारुढ नेकपाभित्र देखिएको विवाद समाधानका लागि गठन गरिएको कार्यदलको पहिलो बैठक शनिबार बसेको छ। ललितपुरको भैंसेपाटीमा बसेको बैठकमा पार्टीभित्रको विवाद समाधानका विकल्पबारे छलफल हुने कार्यदलका एक सदस्यले सेतोपाटीलाई जानकारी दिए।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार बालुवाटारमा भएको बैठकले ६ सदस्यीय कार्यदल गठन गरेको थियो। महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठन भएको कार्यदलमा शंकर पोखरेल, भीम रावल, सुरेन्द्र पाण्डे, पम्फा भुषाल र जनार्दन शर्मा छन्। कार्यदललाई छिटोभन्दा छिटो नेकपाभित्रको समस्या समाधानका लागि प्रस्ताव तयार पार्न निर्देशन दिइएको छ।

प्रतिक्रिया