राजिनामा दिएका पोखरा महानगरका मेयर जिसीका पिए तिमिल्सिनाबिरुद्ध नेविसंघद्वारा अख्तियारमा उजुरी दर्ता

राजिनामा दिएका पोखरा महानगरका मेयर जिसीका पिए तिमिल्सिनाबिरुद्ध नेविसंघद्वारा अख्तियारमा उजुरी दर्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ३० साउन २०७७
  • 6.9K
    Shares

पोखरा महानगरका मेयरका पीए लक्ष्मन तिमिल्सिनाबिरुद्ध नेविसंघद्वारा अख्तियारमा उजुरी दर्ता

राजिनामा दिएर बसेका पोखरा महानगरका मेयर मान बहादुर जिसीका स्वकीय सचिब (पिए) लक्ष्मण तिमिल्सिनाबिरुद्ध नेपाली कांग्रेसको भात्री संगठन नेविसंघले अख्तियारमा उजुरी दर्ता गरेको छ।

नेविसंघ कास्कीका निवर्तमान अध्यक्ष बिकाश थापाले पोखरा महानगरपालिकामा ब्यापक भ्रस्टाचार भएको भन्दै ब्यापक समाचारहरु सार्वजनिक भैरहेका बेला मेयर जिसीका स्वकीय सचिब तिमिल्सिनाबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धानको  पोखरास्थित कार्यालयमा उजुरी दर्ता गरेका हुन् ।

थापाले आफ्नो उजुरीमा “पोखरा महानगरपालिकाद्वारा संचालित गण्डकी बहुप्राविधिक शिक्षालयको निर्देशक पदमा मेयर मानबहादुर जिसीले आफ्ना पिए लक्षमण तिमिल्सिनालाई नियुक्ति गर्न  कोरोनाको महामारी चलिरहेको र यसैकारण सार्वजनिक सवारी साधन चल्न नसकेको अवस्थामा तीन दिनको छोटो अवधि दिएर निर्देशक पदको आव्हान गरिएको” उल्लेख गरेका छन् ।  उनले आफ्नो उजुरीमा ‘गाउँबाट आएर यति छोटो समयमा निर्देशक पदका लागि आवेदन दिन सक्ने अवस्था नै नरहेको” जिकिर पनि गरेका छन्।

गण्डकी बहुप्राविधिक शिक्षालय ऐन २०७६ मा निर्देशक पदको लागि कुनै शैक्षिक योग्यता नतोकिएको र सोही पदमा नियुक्ति लिन मेयरका पिए तिमिल्सिनाले मेयरको स्वकीय सचिब पदबाट राजिनामा दिएको अवस्थामा उनी नै निर्देशक हुने चर्चा चलेको कुरालाई पनि थापाले आफ्नो उजुरीमा उल्लेख गरेका छन्।

 

पोखरा महानगरपालिकाको १३ करोड रकम बेरुजु देखिएपछि त्यसको खोजीमा लागेको नेपाल बिद्यार्थी संघले ‘पोखरा महानगरको १३ करोड खै ? करोडौंँ राजस्व कता हरायो ?’ भन्ने प्रश्नहरु उठाउदै आन्दोलन शुरु गरेको छ।

सोही क्रममा अख्तियारमा उजुरी दिन पुगेका नेबि संघ कास्कीका निवर्तमान अध्यक्ष बिकाश थापाले  ‘दर्जनभन्दा बढी ठेक्काहरुमा मिलेमतो, बेथिति गरेका स्मार्ट सिटीको सपना बाड्दै हिड्ने मेयर जि सी लाई ने वि संघ कास्कीले भ्रष्टचारीको नाइके ठहराएको छ। ‘ जानकारी दिए ।

 

 

 

पोखरा महनगरपालीकाको अनियमितता, बहुप्राविधिक शिक्षालयको सिन्डिकेटधारी मेयरका पि ए लाई हिजो राजिनामा गराएर फेरी शिक्षालय निर्देशक सह सचिव सरह जागिर खुलाऊने पुर्व निर्धारित खेलको विरुद्धमा ने वि संघ कास्की दृारा अख्तियार दुरुपयोग अनुशन्धान कार्यलयमा ऊजुरी दर्ता !!!

प्रतिक्रिया