मापसे गरी झैंझगडा गरेको आरोपमा पक्राउ परेका चन्द प्रहरी चौकीभित्र मृत भेटिए, देखियो घाँटीमा काटिएको गहिरो घाउ

मापसे गरी झैंझगडा गरेको आरोपमा पक्राउ परेका चन्द प्रहरी चौकीभित्र मृत भेटिए, देखियो घाँटीमा काटिएको गहिरो घाउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २८ साउन २०७७
  • 4.1K
    Shares

मदिरा सेवन गरी झैझगडा गरेको आरोपमा  पक्राउ परेका एक  जनाको कैलालीस्थित प्रहरी चौकी फूलबारीको हिरासतमा मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १४ फूलबारीका अन्दाजी ४५ वर्षीय अमरबहादुर चन्दको प्रहरी चौकी फूलबारीको हिरासतमा मृत्यु भएको हो।

हिरासतभित्र रहेको शौचालयमा घाँटी काटिएको अवस्थामा फेला परेको चन्दको शवको पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ।

कैलालीका प्रहरी प्रमुख एसपी अनुपम शमसेर जबराले, ‘चन्दको शौचालय जाँदाखेरी मृत्यु भएको’ जानकारी दिईरहदा उनको ‘घाँटीमा काटिएको गहिरो घाउ” के कसरी भयो भन्ने बारेमा छानबिन हुने बताए। उनले घटनाबारे अनुन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टको नेतृत्वमा टोली खटिएको जानकारी दिए ।

आज बिहान फूलबारी ‘सी’ गाउँमा रक्सी खाएर घरघरमा बन्चरो हान्न थालेको भन्ने सूचनाका आधारमा चन्दलाई प्रहरीले पक्राउ गरेको थियो।

प्रतिक्रिया