पोखराको महेन्द्रपुलस्थित ओम अस्पतालबाट पक्राउ परेका बिद्रोही ने.क.पा. समर्थित अनेरास्ववियु(क्रान्तिकारी)का केन्द्रीय सदस्य प्रकाश बास्तोलासाहित तीन जनालाई प्रहरीले चन्दा ऐन अन्तरगत कारवाही शुरु गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीले बिद्रोही ने.क.पा.को जिल्ला कमिटि सदस्य समेत रहेका बिद्यार्थी नेता बास्तोला, अर्का बिद्यार्थी नेता बीरबहादुर सुर्यबंशी र पार्टी कार्यकर्ता तीर्थ बुढालाई न्दा ऐन अन्तरगत कारवाही शुरु गरेको हो ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको प्रहरीले जानकारी दिएको छ।
यसैबीच प्राप्त जानकारी अनुसार, उनीहरुसहिताका थुनुवाहरूको स्वाब संकलन गरी कोरोना संक्रमण परीक्षणका लागि साबिक पश्चिमाञ्चल क्षेत्रिय अस्पताल हाल पोखारा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको प्रयोगशालामा पठाइएको छ। स्वाब संकलनका लागि उनीहरुलाई मंगलबार पश्चिमाञ्चल क्षेत्रिय अस्पताल हाल पोखारा स्वास्थ्य बिज्ञान प्रतिष्ठान रामघाट लगिएको प्रहरीको दाबी छ।
बिद्यार्थी नेता बास्तोला जनयुद्धका क्रममा शहिद भएका बिजय बास्तोलाका पुत्र हुन्। उनलाई स्वास्थ्योपचारका लागि अस्पताल गएको बेला गिरफ्तार गरिएको बिद्रोही ने.क.पा.ले दाबी गरेको छ।