बिद्रोही ने.क.पा.का सेतीमहाकाली ब्युरो इन्चार्ज पुन कारागार चलान, धर्मपत्नी धामी डडेल्धुरा लगिंदै

बिद्रोही ने.क.पा.का सेतीमहाकाली ब्युरो इन्चार्ज पुन कारागार चलान, धर्मपत्नी धामी डडेल्धुरा लगिंदै


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २७ साउन २०७७
  • 7.7K
    Shares

कैलालीको धनगढीबाट पक्राउ परेका नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीेका केन्द्रीय सदस्य तथा सेती महाकाली ब्युरो इन्चार्ज ओमप्रकाश पुन कारागार चलान भएका छन्।

जिल्ला अदालत कैलालीले तोकेको ५० हजार रुपियाँ धरौटी नतिरेपछि उनी जिल्ला कारागार शाखा कैलाली चलान भएका हुन्।  यस अघि जिल्ला अदालत कैलालीमा भएको थुनछेक बहसपछि अदालतले पुनसँग ५० हजार रुपियाँ धरौटी माग गरेको थियो।

उनलाई ५० हजार धरौटी तारेखमा छोड्ने आदेश भए पनि धरौटी नबुझाएपछि कारागार चलान गरिएको अदालतका सूचना अधिकारी नरबहादुर नेगीले जानकारी दिए।

प्रहरीले पुनलाई पुनः पक्राउ गरी खोटाङ लैजाने तयारी गरेको चाल पाएपछि धरौटी नबुझाएर उनी कारागार गएको दावी बिद्रोही पक्षले गरेको छ ।

प्रहरीले पुन र उनकी धर्मपत्नी पुर्णिमा धामीलाई गएको असार ३१ गते धनगढीको कनरीबाट कटुवा पेस्तोल र गोलीसहित पक्राउ गरेको थियो।

अदालतले पुनकी श्रीमती धामीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। तर रिहा भएकी धामीलाई प्रहरीले पुनः पक्राउ गरी डडेल्धुरा लैजाने तयारी गरेको छ।

प्रतिक्रिया