बिद्रोही ने.क.पा.का रुकुम पश्चिम सेक्रेटरीसहित चार जना नेता-कार्यकर्ता गिरफ्तार : राहत संकलन कार्य गरिरहेको अवस्थामा गिरफ्तार गरिएकोमा बिद्रोही ने.क.पा.को आपत्ति

बिद्रोही ने.क.पा.का रुकुम पश्चिम सेक्रेटरीसहित चार जना नेता-कार्यकर्ता गिरफ्तार : राहत संकलन कार्य गरिरहेको अवस्थामा गिरफ्तार गरिएकोमा बिद्रोही ने.क.पा.को आपत्ति


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २२ साउन २०७७
  • 3.3K
    Shares

नेकपाका रुकुम (पश्चिम) जिल्ला सेक्रेटरी हिरामणि रावलसहित चार नेता कार्यकर्ता पक्राउ

नेत्रविक्रम चन्द ‘बिप्लव’ नेतृत्वको ने.क.पा. रुकुम (पश्चिम)का जिल्ला सेक्रेटरी हिरामणि रावल (मन्जित) सहित चार नेता कार्यकर्तालाइ प्रहरीले आज गिरफ्तार गरेको छ । प्रहरीले जिल्लाको आठबीसकोट नगरपालिका–९, राडी बजारबाट जिल्लाको मुसीकोट नगरपालिका–६ का ३९ वर्षीय जिल्ला सेक्रेटरी रावलसहित पार्टीका जिल्ला सदस्य २८ वर्षीय घमण्ड महर र विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष १९ वर्षीय प्रेमप्रशान्त बोहरा र पार्टीका कार्यकर्ता २० वर्षीय तुलबहादुर घर्तीलाई गिरफ्तार गरेको हो ।

उनीहरुलाई लुकीछिपी कार्यक्रम गरिरहेको अवस्थामा गिरफ्तार गरिएको प्रहरीको दाबी छ। राडीबजारको एक होटलको कोठामा छलफल गरिरहेको अवस्थामा उनीहरुलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए ।

यसैबीच, नेपाल कम्युनिस्ट पार्टी राप्ती ब्यूरोले पश्चिम रुकुमबाट गिरफ्तार गरिएका आफ्नो पार्टीका कार्यकर्ताहरुलाई अबिलम्ब रिहाइको माग गरेको छ । सो पार्टीका राप्ती ब्यूरो इन्चार्ज समरले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै बाढीपहिरो र कोरोना महामारीले प्रभाव जनताको लागि राहत संकलनका क्रममा हिडिरहेका आफ्नो पार्टीका हिरामणी रावल, अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष प्रेम प्रशान्त बोहोरा, घमण्ड महर र गोपीप्रसाद घर्तीलाई गिरफ्तार गरेको भन्दै विनाशर्त रिहाइको माग गरेका छन् ।

समरको विज्ञप्तिमा उनीहरुलाई पश्चिम रुकुमको रादीबाट गिरफ्तार गरी बन्दी बनाएको भन्दै अबिलम्ब रिहाइको माग गरिएको छ । कोरोना महामारी र बाढीपहिरोले प्रभावित जनताहरुको समस्या समाधान गर्नुभन्दा सरकार आफ्नो पार्टीका नेताकार्यकर्तालाई गिरफ्तार गर्नतिर लागेको भन्दै विज्ञप्तिमा भत्र्सना गरिएको छ ।

प्रतिक्रिया