बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भट्टराई र सहायक संरक्षण अधिकृत रोकाया घुस्सहित पक्राउ

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भट्टराई र सहायक संरक्षण अधिकृत रोकाया घुस्सहित पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १९ साउन २०७७
  • 3.2K
    Shares

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई

अख्तियार दुरुपयोग अनुसनधान आयोगले बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत बिष्णु रोकायालाई सोमबार रुपन्देहीको सालझन्डीबाट घुस रकमसहित पक्राउ गरेको छ ।

उनीहरु निकुञ्ज कार्यालयको बा.२ झ १८७३ को गाडीमा यात्रा गरिरहेको अवस्थामा अख्तियारको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको आयोगका प्रवक्ता सुरेश भुसालले जानकारी दिए ।

उनीहरुको साथबाट अख्तियारको टोलीले श्रोत नखुलेको नगद रकम तीन लाख ४८ हजार र विभिन्न मितिको बैंक भौचर रकम पाँच लाख पचास हजार बरामद गरेको बताइएको छ।

प्रतिक्रिया