उत्तर कोरिया र अमेरिकाबीचको वाकयुद्धले तीव्रता पाएको छ। उत्तर कोरियाका नेता किम जोङ उनले यसपटक अमेरिकाको न्युयोर्क सहरमै बम विस्फोटन गराउने धम्की दिएका छन्। न्युयोर्कमा हाइड्रोजन बम खसाल्ने चेतानवी नेता किमले दिएको दक्षिण कोरियन ऐजेन्सीले जनाएका छन्। नेता उनले अहिलेसम्मकै कडा टिप्पणी अमेरिकालाई दिएको जनाएको छ।
‘उत्तर कोरियामाथि धेरै अन्याय भए, हामी न्युयोर्कलाई हाइड्रोजन बमले उडाउँछौं,’ उत्तर कोरियन एजेन्सीको समाचार उद्धृत गर्दै दक्षिण कोरियाली समाचार एजेन्सीले सोमबार सम्प्रेषण गरेका छन्।एजेन्सी