श्रम कार्यालय विराटनगरका प्रमुख सञ्जेललाई कुटपिट गर्ने कर्मचारी बर्खास्त, अभद्र ब्यबहार मुद्दा दर्ता

श्रम कार्यालय विराटनगरका प्रमुख सञ्जेललाई कुटपिट गर्ने कर्मचारी बर्खास्त, अभद्र ब्यबहार मुद्दा दर्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १९ साउन २०७७
  • 7.5K
    Shares

उपसचिव प्रेमप्रसाद संजेलालाई कुटपिट गर्ने करारका दुई महिला कर्मचारी

श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले आफूलाई कार्यकक्षमा कुटपिट गर्ने कर्मचारीलाई कामबाट बरखास्त  भने उनीहरुविरुद्ध प्रहरीले अभद्र ब्यबहार   मुद्दा चलाएको छ।  निकालेका छन् ।

उपसचिव सञ्जेलले आफुमाथि शनिबार कार्यकक्षमा कुटपिट गर्ने करारका दुई महिला कर्मचारी नेत्र भट्टराई निरौला र मेनुका सापकोटा कोइरालालाई कामबाट बरखास्त  हुन्।  हाल जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा रहेका उनीहरुलाई प्रहरीले अभद्र ब्यबहार मुद्दा अन्तर्गत मुद्दा दर्ता गरी पांच  दिनको म्याद थप गरी कारबाही अघि बढाएको छ।  उनीहरुले शनिबार बिहान ११ बजे  उपसचिव सञ्जेलको कार्यकक्षमा प्रवेश गरेर कुटपिट गरेका थिए।  कुटपिटबाट सञ्जेलको अनुहार र हातमा चोट लागेको छ ।

घटना भएपछि प्रहरीले दुबै पक्षसँग छलफल गरी मिलापत्र गराउन कोशिश गरेको थियो।  तर उपसचिव संजेलले आफुलाई बदनाम गराउछौं भन्दै कुटपिट गरेकाले मिलापत्र गर्न नसक्ने बताएका थिए।  उनले प्रहरी समक्ष उनीहरुविरुद्ध   उद्योग सम्बन्धि मुद्दा दर्ता गर्न उजुरी दिएका थिए।  तर प्रहरीले त्यो उजुरी लिन मानेन।

सञ्जेलले शुक्रबार करारमा कार्यरत नायव सुब्बा निर्मलकुमार दाहाललाई कामबाट निकालेका थिए । दाहाल कुटपिटमा संलग्नमध्ये नेत्र भट्टराई (निरौला)का बहिनी ज्वाई हुन् । त्यही कारण आफूमाथि योजनावद्ध रुपमा आक्रमण भएको उनको जिकिर छ ।

उल्टै आफ्नै  हाकिम कुट्ने दुई महिला कर्मचारीले आफूहरुमाथि यौन दुर्ब्यबहार भएको जिकिर गर्दै यौन हिंसाको उजुरी प्रहरीमा दर्ता गराउन खोजेका थिए।  त्यो उजुरी पनि प्रहरीले लिएन।  दुबैले ओरेक नेपाल नामक संस्थामा आफूहरुलाई सञ्जेलले यौन दुर्व्यवहार गरेको गुनासो गरेका थिए । शनिबार सञ्जेलमाथि कुटपिट गरेपछि दुई महिलाको तर्फबाट यौन दुर्व्यवहारको जाहेरी दर्ता गराउन ओरेकले पहल गरेको थियो ।

कुटपिट गरेपछि यौन दुर्ब्यबहारको मुद्दा दर्ता गरिनुलाई प्रहरीले उचित नठानेपछी  कर्मचारीको उजुरी दर्ता नगरिएको प्रहरीको दाबी छ।  प्रहरीले के पनि भनेको छ भने ,”यदि वहाँहरुलाई यौन दुर्ब्यबहार भएको भए त कानूनी उपचारमा  जानुपर्थ्यो।  कानून हातमा लिएर कुटपिट गर्ने अधिकार कसैलाई छैन। ”

 

 

प्रतिक्रिया