गृह मन्त्रालयमा सूचनाको हकको निवेदन दर्ता गर्न गएका ‘इनफ इज इनफ’ का पाँच अभियन्तालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । उनीहरूलाई प्रहरीले पक्राउ गरी महेन्द्र पुलिस क्लबमा लगेको छ ।
विवेकशील नेपाली दल संघीय सूचना तथा सञ्चार विभाग प्रमुख आलोक सुवेदीले विज्ञप्ति जारी गर्दै पुकार बमका अलावा प्रमेश श्रेष्ठ, समुद्र केसी, सुदन श्रेष्ठसहित पक्राउ परेको जानकारी दिएका छन् । उनीहरुलाई महेन्द्र पुलिस क्लबमा राखिएको र उनीहरुले आफूहरुलाई गैरकानुनी तवरले पक्राउ गरिएको भन्दै उनीहरुले त्यहीं अनसन घोषणा गरेको विवेकशील नेपाली दलका आलोक सुवेदीले बताए । उनीहरुको फोन पनि प्रहरीले जफत गरेको सुवेदीले बताए ।
उनीहरुलाई केहीबेरअघि महानगरीय प्रहरी वृत्त सिंहदरबारले नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ । बमलगायतले मंगलबार अर्थमन्त्री र अर्थसचिव विरुद्ध अख्तियारमा उजुरी पनि दिएका थिए । फाइल फोटो