राज्यपिडित कुसुमखोलाका चेपाङहरुलाई बिद्रोही ने.क.पा.द्वारा राहत सामाग्री वितरण

राज्यपिडित कुसुमखोलाका चेपाङहरुलाई बिद्रोही ने.क.पा.द्वारा राहत सामाग्री वितरण


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ११ साउन २०७७
  • 4.2K
    Shares

राज्य पिडित कुसुमखोलाका चेपाङ्हरुलाई राहत बाड्दै बिद्रोही ने.क.प.का नेता

बर्षातको समयमा घर भत्काएर घरबारबिहीन बनाएका चितवनको माडी नगरपालिका वडा नं ९ कुसुमखोलाका चेपाङहरुलाई बिद्रोही ने.क.पा.ले राहत सामाग्री वितरण गरेको छ।

बिप्लव नेतृत्वको ने.क.पा.को माडी नगर कमिटीले शनिबार एक कार्यक्रम गरी  राज्यपिडित कुसुमखोलाका चेपाङहरुलाई चामल, दाल, नुन, तेल र आलु लगायतका खाद्यान्न वितरण गरेको हो ।

खाद्यन्य वितरण कार्यक्रममा अखिल क्रान्तिकारीका नेताहरु सुदिप पौडेल र सुमन श्रेष्ठले सम्बोधन गरेका थिए । राहत वितरणपछि स्थानीय चेपाङहरु धेरै खुशी भएका छन् ।

यही साउन ४ गते निकुन्ज प्रशासनले माडीको सुकुमबासी बस्तीमा आगो लगाउनुका साथै हात्तिलगाएर घरहरु भत्काइदिएपछि उनीहरु बिचल्लीमा परेका थिए । निकुन्ज प्रशासनले ८ घर भत्काएको थियो भने २ घर आगो लगाएर जलाएको थियो ।

गरीब सुकुमबासी अल्पसंख्यक चेपाङ समुदायको बस्तीमा निकुञ्ज प्रशासनले आगो लगाएपछि विभिन्न क्षेत्रबाट विरोध भइरहेको छ । गरीब किसान बस्तीमा आगो लगाउने निकुञ्ज प्रशासनको गलत हर्कतका विरुद्ध नेपाल कम्युनिस्ट पार्टी चितवनले यसअघि नै प्रेस विज्ञप्ति निकालेर विरोध गरेको थियो ।

प्रतिक्रिया