देउबापत्नी र पौडेलविरुद्ध बागी उम्मेद्वारी दिने ओझा र जोशी लखेटिए, राजावादीको जम्बो टोली भित्रिदै

देउबापत्नी र पौडेलविरुद्ध बागी उम्मेद्वारी दिने ओझा र जोशी लखेटिए, राजावादीको जम्बो टोली भित्रिदै


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ११ साउन २०७७
  • 6.5K
    Shares

लामो समय नेपाली कांग्रेसमा संघर्ष गरेका तर भ्रस्टाचारको आरोप लागेका नेपाली कांग्रेसका नेता गोविन्दराज जोशी लगायत तीन जनालाई पार्टीले आफ्नै पार्टीका नेताविरुद्ध बागी उम्मेद्वारी दिएर लखेटेको छ भने राजावादी भनेर चिनिने पुर्व प्रधानमन्त्री सुर्यबहादुर थापाका छोरा पूर्वमन्त्री सुनिलबहादुर थापा लगायतको राजावादीहरुको ठुलो टोली नेपाली कांग्रेसमा प्रवेश गर्ने तयारीमा लागेको छ।

नेपाली कांग्रेसको अनुशासन समितिले आफ्नै पार्टीका आधिकारिक उम्मेदवारबिरुद्ध बागी उम्मेद्वारी दिने र त्यसमा सहयोग गरेको आरोप लगाउंदै नेतात्रय गोविन्दराज जोशी, पुस्करनाथ ओझा र रामबहादुर विष्टलाई पार्टीबाट निस्काशन गरेको छ ।

गत निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका पूर्वमन्त्री जोशीलाई ५ वर्षका लागि पार्टीबाट निस्काशन गरिएको समितिले जनाएको छ ।

पूर्वमन्त्री एवं कैलालीका महासमिति सदस्य ओझालाई पनि ५ वर्षकै लागि पार्टीबाट निस्किासन गरिएको छ । उनीमाथि कैलालीमा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवालाई चुनाव हराउन भूमिका खेलेको आरोप छ ।

यस्तै डडेलधुरा कांग्रेसका कार्यालय सचिव विष्टलाई तीन वर्षका लागि निस्काशन गरिएको छ । अनुशासन समितिले तीनै जनासँग स्पष्टीकरण सोधेको थियो, तर जवाफ चिक्तबुझ्दो नभएको र पार्टीको अनुशासन उंल्लंघन गरेको पाइएकाले पार्टीबाट निस्कासन गर्ने निर्णय भएको समितिले बताएको छ ।

स्थानीय तह, प्रदेश र संघीय निर्वाचनमा पार्टीका उम्मेदवारलाई सहयोग गरेको भनेर नगर, वडाका साथै सम्वन्धित उम्मेदवारले उजुरी परेको थियो ।

अनुशासन समितिले आरोपीहरुलाई स्पष्टीकरण पनि सोधेको थियो । तर पार्टीको वृहत्तर हितलाई ध्यानमा राखेर काम गर्न सचेत गराउने र आगामी दिनमा खेल्ने भूमिका अनुसार मुल्यांकन गर्ने अनुशासन समितिको निर्णय छ । साथै कतिपय आरोपीलाई पत्र नबुझाएको पाइएको भन्दै सम्बन्धित जिल्ला सभापतिहरुलाई सचेत गराउने निर्णय भएको कांग्रेसको अनुशासन समितिले जनाएको छ ।

यता आफ्नै पार्टीका नेताकाबिरुद्ध बागी उम्मेद्वारी दिने गोविन्दराज जोशी समेतलाई पार्टीबाट निष्कासन गरिएकै समाचारहरु सार्वजनिक भएको अवस्थामा पुर्वपन्च एबम राजावादी भनेर चिनिएका र्व प्रधानमन्त्री सुर्यबहादुर थापाका छोरा पूर्वमन्त्री सुनिलबहादुर थापा लगायतको राजावादीहरुको ठुलो टोली नेपाली कांग्रेसमा प्रवेश गर्ने तयारीमा छन् ।  उनीहरुले त्यही तयारी स्वरुप

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वमहामन्त्री एवं उच्चस्तरीय कार्यसम्पादन समिति सदस्य सुनिलबहादुर थापासहित ३१ जनाले पार्टीबाट संयुक्त राजीनामा दिएका छन् । राजीनामा दिनेमा केन्द्रीय सदस्यमा विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेत, किरण गिरी, दिलीप राई, आशाराम चौधरी, चन्द्रकुमार गुरुङ, श्रीमती राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा र राम पदारथ शाह छन् ।

राप्रपाले पार्टीका संस्थापक अध्यक्ष स्व. सूर्यबहादुर थापाको उदार प्रजातान्त्रिक दृष्टिकोण एवं परिवर्तनलाई आत्मसात् गर्ने नीति परित्याग गरेर गणतन्त्रविरोधी नीति अवलम्बन गरेका कारण पार्टीबाट अलग भएको संयुक्त राजीनामा पत्रमा उल्लेख छ ।

राष्ट्रियता, प्रजातन्त्र र उदारवादको सैद्धान्तिक जगमा वैकल्पिक प्रजातान्त्रिक पार्टी बनाउने उद्देश्यले गठन भए पनि पछिल्लो समय पार्टीको सैद्धान्तिक र वैचारिक मान्यतामा विचलन देखा परेकाले राप्रपाबाट अलग हुनुपरेको उनीहरुले संयुक्त राजीनामा उल्लेख गरेका छन् । राजीनामा पत्रमा भनिएको छ, नेतृत्वको ढुलमुले नीतिका कारण जनमत गुमाएपछि संविधानप्रति असहमति जनाउने कार्य अहिले पनि भइरहेको, स्वार्थ र परिस्थिति अनुकूल विचार सिद्धान्त र दृष्टिकोण परिवर्तन हुँदा राप्रपाप्रतिको आमरुपमा विश्वास समाप्त भएको र पार्टी दिशाहीन बनेको छ ।

उदार प्रजातान्त्रिक दृष्टिकोणको रक्षार्थ र मुलुकमा लोकतान्त्रिक पद्धतिका पक्षमा निरन्तर रहने उल्लेख गर्दै उहाँहरुले आजकै मितिदेखि राप्रपाको सबै तहका पद र जिम्मेवारीबाट अलग रहने घोषणा गरेका छन् । राजीनामा दिनेमा सो पार्टीका १२ केन्द्रीय सदस्य छन् ।

प्रतिक्रिया