जनतासंग माफी माग्दै दुई-तिहाइको कम्युनिष्ट सरकारलाई धिक्कारेर गाउपालिकाकी उपप्रमुख चौधरीद्वारा राजिनामा दिने घोषणा

जनतासंग माफी माग्दै दुई-तिहाइको कम्युनिष्ट सरकारलाई धिक्कारेर गाउपालिकाकी उपप्रमुख चौधरीद्वारा राजिनामा दिने घोषणा


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ८ साउन २०७७
  • 7.1K
    Shares

राजकुमारी चौधरी

उदयपुर : बेलका नगरपालिकाकी उपमेयर राजकुमारी चौधरीले पदबाट राजीनामा दिने घोषणा गरेकी छन्। बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत चौधरीले यसबारे जानकारी गराएकी हुन्।

उनले आफ्नो फेसबुक स्टाटसमा काला कर्तुतहरुको बिषयमा कार्यान्वयन नभएको कुरा उल्लेख गरेपनि के कस्ता कालाकर्तुतहरु हुन् भन्ने बारेमा स्पस्ट पारेकी छैनन्।  सम्भवत: उनले आफ्नो गाउपालिकामा ब्यापक अनियमितता, भ्रस्टाचार भएको र दोषीमाथि कारवाहीको माग गर्दा सुनुवाई नभएकोले असन्तुष्टि पोखेको हुनसक्ने सबैले अनुमान गरेका छन्।

त्यतिमात्र हैन, कर्मचारीको विषयमा विवाद भएकाले उपमेयर चौधरीको उत्तेजनात्मक प्रतिक्रिया आएको स्थानीयले बताएका छन्।

फेसबुकमा उनले लेखेकी छन् ‘म उपमेयर पद पार्टीलाई हस्तान्तरण गर्न चाहन्छु, जनतासँग माफी माग्न चाहन्छु। ‘कालो कर्तुतहरुको विषयमा कार्यान्वयन नभएको र दुई तिहाइको सरकार धिक्कारेको छु।

चौधरी तत्कालीन नेकपा एमालेबाट २०७४ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएकी थिइन्।

प्रतिक्रिया