प्रहरी प्रमुखका विश्वासिला पात्र दुई घुमुवा लुटपाटको आरोपमा जेल चलान

प्रहरी प्रमुखका विश्वासिला पात्र दुई घुमुवा लुटपाटको आरोपमा जेल चलान


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ७ साउन २०७७
  • 5.5K
    Shares

प्रहरी हवल्दार धिरेन विष्ट र प्रहरी जवान विक्रम चन्द

महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुखका विश्वासिला पात्र सहित दुई जना घुमुवा प्रहरी कारागार चलान भएका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौँको सादा पोशाकमा खटिने प्रहरी हवल्दार धिरेन विष्ट र महराजगञ्जस्थित गण नम्बर–२ मा कार्यरत प्रहरी जवान विक्रम चन्द कारागार चलान भएका हुन्। उनीहरूसमेत अन्य दुई जनालाई पनि कारागार चलान गरिएको प्रहरीले जानकारी दिएको छ। हाल केन्द्रीय कारगार सुन्धारामा थुनामा पठाइएका अन्य बन्दीहरुमा सम्वृद्ध सहकारी न्यूरोडका कार्यरत क्यासियर रेणु श्रेष्ठ र सो सहकारीका पूर्वकर्मचारी सौरभ अधिकारी रहेका छन्।

उनीहरुविरुद्ध प्रहरीले गएको असार १० गते काठमाडौंको न्युरोडस्थित एक क्यामरा पसलका व्यापारी विकास अग्रवालको १० लाख रुपैयाँ लुटपाटमा संलग्न रहेको आरोप लगाएको छ।  उनीहरुलाई अदालतको आदेशले पुर्पक्षका लागि थुनामा पठाइएको हो।

सामान्यत: प्रहरी प्रमुखले आफ्ना विश्वासिलो पात्र प्रहरी कर्मचारीलाई सादा पोशाकमा सुचना संकलनका लागि घुमुवाको रुपमा परिचालन गरेका हुन्छन। महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत हवल्दार धिरेन परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामलाल ज्ञवालीका घुमुवा हुन् ।

घुमुवा प्रहरीद्वय बिस्ट र चन्दलाई रकम लुटपाट गरेको आरोप लगाइएको छ भने सम्वृद्ध सहकारी न्यूरोडका कार्यरत क्यासियर रेणु श्रेष्ठ र सो सहकारीका पूर्वकर्मचारी सौरभ अधिकारीलाई क्यामरा ब्यापारी अग्रवालका बारेमा सुचना दिएर सुराकी गरेको आरोप लगाइएको थियो।

सहकारीमा कार्यरत क्यासियर रेणुले दिएको सुराकीको आधारमा हवल्दार विष्ट, जवान चन्द र सौरभले सोही सहकारीबाट निकालेको १७ लाख मध्ये १० लाख रुपैयाँ लुटेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया