बिद्रोही ने.क.पा.को सुदुरपश्चिम बन्दले जनजीवन प्रभावित, प्रदेश सरकारका तीन प्रदेश सभा अगाडी फेला परेका बम सेनाद्वारा डिस्पोज

बिद्रोही ने.क.पा.को सुदुरपश्चिम बन्दले जनजीवन प्रभावित, प्रदेश सरकारका तीन प्रदेश सभा अगाडी फेला परेका बम सेनाद्वारा डिस्पोज


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ६ साउन २०७७
  • 3.5K
    Shares

आफ्ना सेतीमहाकाली ब्युरो इन्चार्ज ओमप्रकाश पुन ‘निर्माण’ दम्पत्तिको गिरफ्तारीको बिरोधमा क.पा.द्वारा आयोजित सुदुरपश्चिम बन्दले जनजीवन प्रभावित गरेको छ।  बन्दकै क्रममा एकाबिहानै सुदूरपश्चिम प्रदेश सरकारका तीन मन्त्रालय र प्रदेशसभा भवन अगाडि फेला परेका तीन बमलाई नेपाली सेनाले डिस्पोज गरेको छ।

सेनाको बम डिस्पोजल टोलीले प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय र प्रदेश सभा भवन नजिक फेला परेका २ वटा कुकर बम डिस्पोज गरेको हो। यस्तै लम्कीचुहानगरपालिकाको कार्यालय नजिक राखेको शंकास्पद वस्तुलाई पनि डिस्पोज गर्ने तयारी गरिएको छ। हाल त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ।

ती बम नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले राखेको हुनसक्ने अनुमान गरिएको छ। आफ्ना नेता तथा कार्यकर्ताहरुको रिहाईको माग गर्दै आज विप्लव नेतृत्वको ने.क.पा.ले सुदूरपश्चिम प्रदेश बन्दको घोषणा गरेकोले उनीहरुले नै बम राखेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । उसले आफ्ना सुदूरपश्चिम प्रदेश इन्चार्ज ओमप्रकाश पुन दम्पत्ति सहित दर्जनौं कार्यकर्तालाई प्रहरीले बिनाकारण पक्राउ गरेको भन्दै रिहाइको माग सहित बन्द आव्हान गरेको हो।

यस अघि बुधबार कैलाली प्रहरीले धनगढी उपमहानगरपालीका वडा नम्बर ७ वेलीबाट नेकपाका केन्द्रिय सदस्य तथा सेती महाकाली ईन्चार्ज ओमप्रकाश पुन र अखिल नेपाल महिला संगठन (क्रा’न्तिकारी) की सेती महाकाली व्युरो ईन्चार्ज पुर्णीमा लाइ पक्राउ गरेको थियो, भने हिजो आईतबार मात्र जिल्ला अदालत कैलालीको आदेशमा साधारण तारिकका छुटेका। ने.क.पा. निकट अखिल क्रान्तिकारीका तिन विद्यार्थी नेता कार्यकर्तालाई प्रहरीले पुन अदालत परिषद् बाटै गिरफ्तार गरेको छ ।

यसैबीच प्राप्त अर्को एक जानकारी अनुसार, कैलालीस्थित घोडाघोडी नगरपालिकाको गाडीमा आगजनी गरिएको छ । नगरपालिकाको से १ झ २४१ नम्बरको स्कारपियो गाडीमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ ।

सोमबार राति करिब ११ बजे गाडीमा आगजनी भएको हो । इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक हरिसरण भट्टले भने, ‘आगो समयमै नियन्त्रणमा आउँदा ठूलो क्षति हुन पाएन ।’

उक्त गाडी उपप्रमुख प्रेम कुमारी थापाले प्रयोग गर्दै आइरहेकी थिइन् । आगलागीबाट गाडीको पछाडिपट्टिको भाग जलेको प्रहरीले जनाएको छ ।

नगरपालिकाको निमित्त प्रशासकीय प्रमुखको क्वाटर अगाडि राखिएको गाडीमा आगजनी भएको हो ।

सँगै नगरप्रमुख ममता प्रसाद चौधरीले चढ्ने गाडी रहे पनि स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आउँदा अर्को गाडी क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया