भारतीय विश्व हिन्दू सेनाका कार्यकर्ताद्वारा बनारसमा एक नेपाली कामदारमाथि ज्यादती : केश मुण्डन गरेर ओलीबिरुद्ध नारा लगाउन दबाब

भारतीय विश्व हिन्दू सेनाका कार्यकर्ताद्वारा बनारसमा एक नेपाली कामदारमाथि ज्यादती : केश मुण्डन गरेर ओलीबिरुद्ध नारा लगाउन दबाब


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २ साउन २०७७
  • 3.9K
    Shares

भारतको बनारसमा नेपालीमाथि ज्यादती हुन थालेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्र रहेको बनारसमा काम गर्न गएका नेपालीमाथि भारतीय विश्व हिन्दू सेनाका कार्यकर्ताले ज्यादती गर्न थालेका हुन्।  

यसैक्रममा भारतीय विश्व हिन्दू सेनाका कार्यकर्ताले एक नेपालीलाई जबरजस्ती केश-कपाल मुण्डन गरेर जय श्रीराम लेखेका छन्। उनलाई भारतीय विश्व हिन्दू सेनाका कार्यकर्ताले  नेपालका प्रधानमन्त्रीका विरुद्ध बोल्न लगाएका छन् भने ‘राम नेपालमा हैन भारतमा जन्मिएको हो’ भन्ने जस्ता नारा लगाउन लगाएका थिए। 

नेपालीमाथि भएको ज्यादतिको भिडियो भाइरल भएपछि हिन्दू सेनाका कार्यकर्तालाई पक्राउ गर्न भारतीय प्रहरी लागि परेकाे आजतकले जनाएकाे छ। विश्व हिन्दू सेनाका संरक्षक अरुण पाठकले आफ्ना कार्यकर्ताले गरेको यस्तो कदम सही भएको भन्दै आफ्नो भनाइ फिर्ता लिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन्। 

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्म नेपालमा भएको हो भारतमा होइन भन्ने अभिव्यक्ति दिएपछि भारतीय हिन्दूहरुले प्रधानमन्त्री ओलीले विरोध गर्दै आएका छन्। त्यस्तै उनीहरुले प्रधानमन्त्रीलाई आफ्नो भनाइ फिर्ता लिन चेतावनी दिएका छन्।

प्रतिक्रिया